अनुले स्वर्ण पदक जितिन्

  • त्रिशूली प्रवाह
  • १९ मंसिर २०७६, बिहीबार १३:३१

विदुर, १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेतर्फ नुवाकोटको पञ्चकन्या गाउँपालिका– ४ थप्रेककी अनु अधिकारीले स्वर्ण पदक जितेकी छिन् ।

सातदोबाटोस्थित कभर्डहलमा सोमबार भएको महिला ५० केजीभन्दा कम तौल समूहमा श्रीलङ्काकी खेलाडीलाई हराउँदै अधिकारीले स्वर्ण जितेकी हुन् । यसअघि उहाँले बंगलादेशकी खेलाडीलाई हराउँदै फाइलनमा प्रवेश गरेकी थिइन् ।

नेपालमा जारी १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत करातेको कुमुतेमा नुवाकोटका राजीव पुडासैनीले कांस्य प्राप्त गरेका छन् ।

करोतको कुमुतेको ६० केजी तौल समूहमा सोमबार भएको प्रतिस्पर्धामा बेलकोटगढी नगरपालिका– ९ का राजीव पुडासैनीले कांस्य पदक प्राप्त गरेको नुवाकोटका करातेका मुख्य प्रशिक्षक उत्तम राईले जानकारी दिए । पुडासैनीले कांस्यपदक जितेसँगै साग प्रतियोगितामा नुवाकोटबाट पदक प्राप्त गर्ने खेलाडीको सङ्ख्या चार पुगेको छ ।

नुवाकोट थप्रेकको अनु अधिकारीले स्वर्ण पदक प्राप्त गरिन् भने कल्याणपुर आमाथाङको कृष्ण तामाङले रजत र त्रिशूली बजारको रेजिन रिमालले कांस्य हात पारे ।