छात्रवृत्ति प्रदान

विदुर, जनता बैंक लिमिटेड बट्टार शाखाले सामाजिक उत्तरदायित्व बहन कार्यक्रमअन्तर्गत जेहेनदार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराएको छ ।

बैंकले त्रिशूलीस्थित त्रिभुवन त्रिशूली मावि र मदानपुरस्थित भृकुटी माविमा अध्ययरत विद्यार्थीलाई नगद छात्रवृत्ति उपलब्ध गराएको हो । अध्ययनमा मनोबल वृद्धि गराउन तथा उनीहरूको कमजोर आर्थिक अवस्थाको कारण अध्ययनका लागि शैक्षिक सामग्री खरिदमा सहयोग पु¥याउने उद्देश्यले नगद रुपैयाँ सहयोग गरेको बैंकका शाखा प्रबन्धक प्रकाश श्रेष्ठले जानकारी दिए ।

नुवाकोटको बट्टारमा दुई वर्षअघि स्थापना भएको जनता बैंकले जिल्लाभरका बासिन्दाका लागि सेवा पु¥याउँदै आएको छ । जनता बैंकले मङ्सिर २० गतेदेखि ग्लोबल आईएमई बैंकसँग एकीकृत कारोबार शुरु गरेर दुई बैंकबीचको एकतालाई औपचारिक रूपमा सुुरु गरिसकेको छ ।

नुवाकोटको बट्टारमा रहेका जनता बैंक र विदुरमा रहेको ग्लोबल आईएमई बैंकले तत्कालका लागि दुवै शाखाबाट एकीकृत कारोबारमार्फत ग्राहकलाई सेवा पु¥याउने जनाएको छ ।