लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान बेलकोटमा

बेलकोटगढी, ‘समानताको पुस्ता ः बलात्कारविरुद्ध ऐक्यबद्धता’ भन्ने नाराका साथ जारी रहेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कार्यक्रम मंगलबार बेलकोटगढी नगरपालिकाको केन्द्र बाघखोरमा सम्पन्न भएको छ ।

कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, बेलकोटगढी नगपालिकाको प्रमुख राजेन्द्ररमण खनाल, उपप्रमुख कविता ढुङ्गाना, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्साल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक राजेश थापा, अन्तरपार्टी महिला सञ्जाल नुवाकोट अध्यक्ष बिन्दा ढुङ्गानालगायतले महिला हिंसा अन्त्यका लागि घरघरबाटै परिवर्तन हुनुपर्नेमा जोड दिए ।

अभियानको क्रममा बाघखोरमा आयोजित कार्यक्रममा नुवाकोट जिल्लामा कार्यक्षेत्र बनाएर सेवा पु¥याउँदै आएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित भएर कार्यक्रम चलाउँदै आएका विभिन्न सङ्घसंस्थाको समेत सहभागिता रहेको थियो ।

महिला तथा बालबालिकाको मानवअधिकारको संरक्षण गर्न, उनीहरूको सम्मानपूर्वक बाँच्न पाउने हकअधिकार सुनिश्चित गर्न सुरु गरेको अभियान मङ्सिर ९ गते विदुरबाट सुरु भएर विभिन्न पालिका हुँदै बेलकोटगढीमा मंगलबार सञ्चालन गरिएको हो ।