म्हानी मन्त्री गीत गाएर नाच्ने परम्परालाई जिवन्त दिंदै

धुन्चे, गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे खैदीमा मंसिर २० गते सातौं शताब्दीमा गुरु रिम्पोक्र्षे (पध सम्भव)ले निर्माण गर्नुभएको म्हानी मन्त्र गीत गाएर नाच्दै स्थानीयले रात कटाए ।

सामाजिक अभियान्ता अधिवक्ता फुर्पा तामाङकाअनुसार यो एउटा सेदङ गुरु गोम्बा भएका कारण पवित्र स्थानको रुपमा पुण्य भुमिले चिनिन्छ । हरेक वर्षको मंसिर २० गतेको रात ब्रम्हाण्ड शान्तिको म्हानी गरिन्छ । यस ठाउँमा विगतदेखि नै सेदङ गाउँका मानिसहरु मृत्युपछि लास जलाउने गर्दै आएका छन् । यस क्षोर्तेनको ढुङ्गामा बौद्ध धर्मका मन्त्र रहेका छन् । जनैपुर्णिमाको अवसरमा यस ठाउँमा ठुलो मेला लाग्दछ ।

जनैपुर्णिमाको दिन टिमुरेबासी यस ठाउँमा भेला भएर पुजापाठ गर्छन् । यस मानेलाई हेर्दा मान्छेले बनाएको देखिएपनी गुरु पध सम्भवले राक्षससँग लडाई गर्ने बेलामा एकै रातमा याकलाई ढुङ्गा बोकाई कमिलालाई माटो ओसार्न लगाएर बिहान उज्यालो हुन नपाई यो म्हानी बनाएको बन्ने किम्बदन्ती छ । एकै रातमा यो म्हानी बनाई मानवलाई क्षति हुनबाट जोगाएको भन्ने कथन छ यस्तो महत्व र धार्मिक आस्था बोकेको ठाउँलाई उचित प्रचार–पसार गर्न सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने नागरिक समाज रसुवाका अध्यक्ष बावुलाल तामाङले बताए ।