तेस्रो आँखा

अधिकार र कार्यक्षेत्रको विवाद बढ्दा बेलाबेलामा स्थानीय सरकार संकटमा पर्ने गरेको छ । केन्द्रीय, संघीय र स्थानीय सरकारको क्षेत्राधिकार कै कारण धेरेले दुःख पाईरहेका छन् । बेलकोटगढी नगरपालिका वडा नं.१२ मा यस्तै उत्ताउलो घटना सनसनी हुँदा केहीको निद हराम भईरहेको छ । मुढा र बुढाले दुःख दिन्छ भन्थे हो रहेछ । विकास निर्माण नगरे पनि अपजस् गरेपनि लफडा ! विचरा वडाध्यक्ष सिलवाल ! वन कार्जेलय पनि सुको नगद नआउने भएपछि केस मिलाउन भन्दा पनि फिजाउन लागिपरेपछि दुई तिहाईको नेकपा र प्रहरी प्रशासनलाई टाउको दुखाईको वस्तु भईरहेको छ लिलाम काठ । वन कार्जेलयले यो केशलाई पुरूषार्थ भन्दै हाकिम सा’प हराएपछि जय मंगल ! हाकिम सा’प खोज्न प्रहरी प्रशासन र नेकपाले छुट्टा–छुट्टै टोली बनाएर खोज तलास जारी छ । अझै पनि हाकिम सा’पको पत्तो छैन । हरियो वन फटाहाहरूको धन केहीको चैन, हुँदा काठ तस्कर सडक बनाउन भन्दा पनि ठुला रूख भएको क्षेत्रमै सडक चौडा र घुमाउने काईदा, यसो गरे उसो ग¥यो फाईदा कसो हो ?