जबरजंग गणको २२९औं वार्षिकोत्सव सम्पन्न

बट्टार, नुवाकोटमा तैनाथ नेपाली सेनाको जबरजंग गण देविघाटको २२९औं वार्षिकोत्सव मंसिर १९ गते िभब्यताका साथ सम्पन्न भएको छ ।

“दृढता र विजय” आर्दश वाक्य बोकेको जबरजंग गणको वार्षिकोत्सवमा साँस्कृतिक कार्यक्रम तथा रात्री भोजको उद्घाटन अ.प्रा.मा.उ.र. ताराबहादुर कार्कीले पानसमा द्विप प्रज्वलन गरी गर्नुभएको थियो । गणपति प्रमुख सेनानी उदयबहादुर लामिछानेले गणको परम्पराअनुसार निशान भगवतिको पुजा आर्चना, सलामी अर्पण र झण्डोतोलन गर्नुभएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजित बडा भोजमा नं.६ बाहिनी अड्डा र अन्र्तगतका अधिकृत, जिल्लास्थित सरकारी कार्यालय र संघसंस्थाका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत पूर्व गणपति, जिल्लास्थित भु.पु.सैनिक तथा उद्योगी, ब्यवसायीको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा शहिदको सम्मानमा विर स्मारिकामा माल्यार्पण कार्यक्रम साथै विरगती प्राप्त सैनिकका परिवार तथा आफन्तलाई सम्मान गरिएको थियो ।

साँस्कृतिक कार्यक्रममा गणका गणपतिले स्वागत र प्रमुख अतिथी कर्णेल कमाण्डान्टले शुभकामना मन्तव्य दिनुुभएको थियो । गणका कर्णेल कमाण्डान्ट, प्रमुख अतिथी अ.प्रा.मानार्थ उपरथी ताराबहादुर कार्कीले वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर गूल्म खेलकुद प्रतियोगितामा सर्वोकृष्ट हुने “घ” गूल्मलाई च्याम्पियन ट्रफी, झण्डा र खसी प्रदान गर्नुभएको थियो । कार्यक्रमका विशेष अतिथिद्वय गणका प्रथम गणपति साहयक रथी सुरेशकुमार कार्की एवं नं.६ बाहिनी अड्डा धादिङ बैरेनीका बाहिनीपति साहयक रथी लवकुमार रायमाझीले फुटबल खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी जम.योद्धा शाही र २०७६ सालर्कोे उत्कृष्ट जवानलाई दोसल्ला ओढाई गणको लोगो अंकित मायाको चिनो र कदर स्वरूप सम्मानपत्र प्रदान गर्नुभएको थियो । गणपति लामिछानेले वर्षभरी विभिन्न तालिममा उत्कृष्ट नतिजा ल्याउने तथा खेलकुदमा गणलाई विशेष योगदान दिने सकलदर्जालाई समेत पुरस्कृत गर्नुभएको थियो ।