साग सम्पन्न नेपाल दोस्रो

काठमाडौं, नेपालले आयोजना गरेको १३औं दक्षिण एसियाली खेलकुद (साग) को मंगलबार समापन भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबलको स्वर्णसँगै समग्रमा नेपालले ५१ स्वर्ण जित्दै सागको दोस्रो स्थान प्राप्त गरेको छ ।

हामीले कम्तीमा ५० स्वर्ण जित्ने भनेका थियौं । नेपालीले मिहिनेत गरे भने छोटो समयमा पनि त्यो पूरा गर्न सक्छन् भन्ने देखाए, समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालले भने ‘यो सुरूवात मात्रै हो अब हामीले ओलम्पिक र एसियन गेम्सलाई लक्ष्यमा राखेर तयारी गर्नेछौं ।’

समग्रको पदक तालिकामा भारतपछि दोस्रो स्थानमा रह्यो । नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी कुल २ सय ६ पदक जित्यो । यस्तै, भारतले २ सय ६ पदक जित्यो । भारतले १ सय ७४ स्वर्ण, ९३ रजत र ४५ कास्य गरी कुल ३ सय १२ पदक जित्यो । त्यसैगरी, तेस्रो स्थानमा रहेको श्रीलङ्काले ४० स्वर्ण, ८३ रजत र १ सय २८ कास्य गरी कुल २ सय ५१ पदक जितेको छ । चौथों स्थानमा रहेको पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ कास्य गरी कुल पदक १ सय ३१ जितेको छ । पाँचौं स्थानमा बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कास्य गरी कुल पदक १ सय ३८ जितेको छ । छैटौं स्थानमा रहेको माल्दिभ्सले भने १ स्वर्ण र ४ कास्य जितेर कुल पदक संख्या ५ पु¥याएको छ । त्यसैगरी, पुछारमा रहेको भुटानले ७ रजत र १३ कास्य गरी २० पदक जित्न सफल भएको छ । आगामी १४औं साग पाकिस्तानमा हुने भएको छ ।