बाराही मन्दिर पुनःनिर्माण

बट्टार, नुवाकोटको विदुर नगरपालिका वडा नं.२ बट्टारको बाराहीथानमा रहेको ऐतिहासिक एंव धार्मिक महत्वको बाराही देवी मन्दिर पुनःनिर्माण गर्न स्थानीयबासी सक्रिय भएका छन् ।

जिल्लाको भैरवी र जालपादेवी मन्दिर जत्तिकै पुराना र धार्मिक महत्वको शक्तिपिठ बाराही मन्दिरको खासै स्वरूप थिएन । धार्मिक विश्वास गर्दै ढुंगामा मात्र थपना रहेको देवीलाई स्थानीयले पुजा गर्दै आईरहेका थिए । स्थानीयबासीको गत महिनाको भेलाले वाराही देवीको मन्दिर बनाउन र वरपर हरियाली उद्यान निर्माण गर्न निर्माण समिति बनाएको छ । भेलाले वाराही मन्दिर तथा हरियाली उद्यान निर्माण समिति बनाएको छ । निर्माण समितिको अध्यक्षमा शैलेन्द्रकुमार श्रेष्ठलाई चयन गरेको छ । उक्त निर्माण समितिको उपाध्यक्षमा देवनारायण श्रेष्ठ, सचिवमा रामेश्वर पाण्डे, कोषाध्यक्षमा गोकुल श्रेष्ठ र सदस्यमा धुव्रलाल श्रेष्ठ, धर्मभक्त श्रेष्ठ, शम्भु अमात्य, नविन्द्रमान श्रेष्ठ, इन्जिनियर रामकृष्ण राजभण्डारी, मंगलदाश रञ्जित र हिराकाजी कुमाल रहेका छन् ।

समितिको सल्लाहकारमा विदुर नगरपालिका वडा नं.४ का अध्यक्ष टलकमान श्रेष्ठ, कुमारलाल श्रेष्ठ, दिपक कायस्थ, विनोदराज श्रेष्ठ, अनुजकुमार श्रेष्ठल रहेका छन् । वाराही मन्दिरमा दसैंको नवमीमा विशेष पुजा हुने गरेको छ । भैरवी मन्दिरबाट सिन्दुरे जात्राको लागि जालपादेवी मन्दिर देवीघाट जाँदा र आउँदा धामीले भोग खाएर पुजा गर्ने परम्परा रहेको छ । वाराही देवीको मन्दिर नेवार समुदायले पास्नी, ब्रतबन्ध, गुफामा पुजा आराधना गर्ने र विवाहमा वाराही देवीलाई साक्षी राखी ओन्जला (दुलहीलाई सिन्दुर हाल्ने) प्रचलन रहेको छ ।

मन्दिरको पुनःनिर्माण र हरियाली उद्यान निर्माणको लागि स्थानीय शैलेन्द्रकुमार श्रेष्ठले १५ हजार १ सय ५५, शम्भु अमात्यले १५ हजार १ सय ५०, मंगलदाश रञ्जितले १० हजार, गोकुल श्रेष्ठले १५ हजार, राजनप्रसाद जम्कटेलले १० हजार १ रूपैयाँ, वासुलाल श्रेष्ठले १६ हजार, श्याम अमात्यले १५ हजार १ सय ५०, सविन अमात्यले ११ हजार १ सय ११ रूपैयाँ, प्रसुद÷प्रदिप अमात्यले २५ हजार ५ सय ५५, राजकुमार अमात्यले १५ हजार १ सय, विनोदराज श्रेष्ठले ३१ हजार, रामेश्वर पाण्डेले १० हजार १ सय ५५, पुष्पराज अमात्यले ११ हजार १ सय ११, धर्मभक्त श्रेष्ठले १२ हजार ३ सय ४५, बिना÷लक्ष्मी÷सरस्वतीले १० हजार, प्रमोद बोगटीले ११ हजार १ सय १५ र डिल्लीमान अमात्यले २० हजार १ सय गरी जम्मा २ लाख ५४ हजार ४ सय ४८ रूपैयाँ नगद जम्मा भएको कोषाध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिनुभयो । निर्माणको लागि विदुर नगरपालिका र प्रदेश सरकारबाट सहयोग गर्ने आश्वासन आएको अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले त्रिशूली प्रवाह साप्ताहिकलाई बताउनु भयो ।