बंगुरपालनबाटै चौरासी हजार नाफा

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं.६ धुन्चेका छुर्तेन कृषि सहकारी संस्थामार्फत २५ जनाको समुहले बंगुर पालन गरेर वार्षिक ८४ हजार नाफा आर्जन गरिरहेको छ । २०७० सालदेखी ब्यवसाय शुरु गरी २०७३ सालबाट भने आधिकारिक रुपमै संस्था दर्ता गरी भेटेनेरीबाट २ लाख ५० हजार अनुदान पाएपछि उक्त समुहले बंगुर पालनलाई ब्यवस्थित गरेका छन् ।

सहकारी संस्थाका उपाध्यक्ष याकबहादुर लिम्बुकाअनुसार राम्रैसँग पालन पोषण गर्न सके एउटा बंगुरबाट महिनाको ३ हजार नाफा हुन्छ । एउटा बंगुर पोथीबाट १० वटा पाठा जन्मन्छ, एउटा पाठाको ५ हजार रूपैयाँ पर्छ । माउको ४० हजार पर्छ पाठा र माउ गरी कुल ९० हजार पर्न जान्छ भने त्यसमध्ये ६ हजार औषधी उपचारमा खर्च हुन्छ । धुन्चे क्षेत्रका कृषक मिलेर बंगुर पालन ब्यवसाय गरेपछि परिवार पाल्न र बेरोजगार बस्नु नपर्ने मिहिनेत गरे हुँदो रहेछ भन्ने उदाहरणीय काम गरिरहेका छन् । संस्थाका अध्यक्ष पेमा तेन्जिन तामाङले शुरुमा ७ वटाबाट शुरु गरेका बंगुर पालन अहिले ६५ वटा पुगेको छ । त्यसबाट आफूले दुःख गरे अनुसार आम्दानी राम्रै भएको बताउँदै शुरुमा ७ लाख मात्र लगानी गरेका थिए अहिले १४ लाख लगानी पुगेको छ ।  उपाध्यक्ष लिम्बुले भने ३ लाख लगानी गरेर २ वटा भाले–पोथी बंगुर पालेर बेच्दै, किन्दै गरिरहेकी छिन् । उनी जस्तै समुहका अरु २३ जनाले पनि बंगुरपालन गरेर विदेशी भुमिमा गर्ने काम र आम्दानीको स्रोत आफ्नै गाउँ–ठाउँलाई बनाईरहेका छन् ।

सहकारी संस्थाका २५ जनाको समुहले २०७० सालदेखी नै मासिक ५ सय र अहिले १ हजार बचत गरिरहेका छन् । ६ वर्षको दौरानमा बचत ११ लाख ५० हजार पुगेको छ । त्यो रकमलाई समुहका सदस्यलाई नै मासिक १२ प्रतिशतमा लगानी गर्ने गरेको छ । गाउँघरका मानिस पैसा कमाउन विदेश गए । तर हामी २५ जनाको समुह चाही बंगुरपालन गर्ने निधो गरी यो ब्यवसाय शुरु ग¥र्यौ । मनै रहेछ मिलेर समुह बनाई ब्यवसाय आफ्नै तरिकाले गरिरहेको छौं उपाध्यक्ष लिम्बुले बताईन् । गर्न सके आम्दानी राम्रै छ, घरपरिवार र आफु बाँच्न पुगेकै छ, कसैलाई एक रुपैयाँ लेउ न भन्न परेको छैन, गर्वका साथ खुसी ब्यक्त गर्दै उनले बताईन् । ब्यवसायीक रुपमै बंगुरपालन गरेर जिविकोपार्जनमा सुधार गरी समुदायमा छुर्तेन कृषि सहकारी संस्था समुहले उदाहरणीय काम गरेको रसुवा नागरिक समाजका अध्यक्ष बावुलाल तामाङले बताउनु भयो । यसरी नै सबैले आ–आफ्नो क्षेत्रबाट लगनशिल भएर काम गर्ने हो भने सम्वृद्ध नेपाल र सुखी नेपाली बन्न र बनाउन सकिन्छ ।