शुभप्रभात सहकारीको जिम्मा महेन्द्रलाई

विदुर, नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं.२ मा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभा तथा ५औं अधिबेशन शनिबार पुनः महेन्द्रलाल श्रेष्ठलाई अध्यक्षमा चयन गरेर सम्पन्न भएको छ ।

निर्वाचन मण्डलका संयोजक पुष्करशर्मा रिमालले आगामी ४ वर्षको लागि ९ सदस्य कार्यसमिति र ३ सदस्य लेखा तथा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको थियो । निर्वाचन मण्डलले दिएको जानकारी अनुसार निर्वाचनबाट महेन्द्रलाल श्रेष्ठको अध्यक्ष, उपाध्यक्ष धुव्रबहादुर थापामगर, सचिव श्यामनारायण डंगोल, सहसचिव रमेश बिश्वकर्मा र कोषाध्यक्ष रामराजा श्रेष्ठ रहेका छन् । यसैगरी, सदस्यमा सन्तोषलाल श्रेष्ठ, विश्वप्रकाश श्रेष्ठ, मछिन्द्र श्रेष्ठ र अच्युतम आचार्य र लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा विश्वप्रल्हाद श्रेष्ठ र सदस्यमा रविन डंगोल र सुसन श्रेष्ठ निर्वाचित भएका छन् ।

साधारणसभाको उद्घाटन गर्नुहुँदै विदुर नगरपालिका वडा नं.२ का वडाध्यक्ष विरेन्द्रकुमार शाहीले हालै संघीय सरकारले एकै उद्देश्य भएका सहकारीमा मर्जरको नीति लिएकोले त्यसतर्फ ध्यान दिन सुझाव दिनुभयो । कार्यक्रममा नेपाल सुनचाँदी तथा कला ब्यवसायी संघका अध्यक्ष केशर सेन्चुरीले सहकारीले स्थापनाको केही वर्षमै राम्रो सफलता हात पारेको भन्दै खुशी ब्यक्त गर्नुभएको थियो । साधारणसभामा श्रृजनात्मक बचत तथा ऋण परिचालन सहकारी संस्थाका अध्यक्ष कुसबहादुर डंगोल, अंशुबाटिका कृषि सहकारीका अध्यक्ष रामलाल डंगोल, सिर्जनशिल महिला समुहकी अध्यक्ष शर्मिला श्रेष्ठले शुभकामना दिनुभएको थियो ।

साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष महेन्द्रलाल श्रेष्ठले आर्थिक वर्ष ०७५÷०७६ मा सहकारीले ३६ लाख ६४ हजार ७ सय ८० रूपैँयाँ नाफा गरेकोे जानकारी दिनुभयो । सहकारीको कोषाध्यक्ष रामराजा श्रेष्ठले सहकारीको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक वर्ष ०७५÷०७६ को लेखा परीक्षण प्रतिवेदन तथा आ.व.०७६÷०७७ को अनुमानित आय–व्ययको बारेमा जानकारी दिंदै आगामी वर्ष विदुर नगरपालिका वडा नं.२ को मुख्य बजार क्षेत्रमा आफ्नै भवन निर्माण गर्ने बताए । साथै, सहकारीको सेवालाई थप प्रभावकारी र विश्वासनीय बनाउन कार्यलयमा सिसिटिभी जडान तथा नगद रुपैयाँ गन्ने मेसिनको जडान गर्न लागेको जानकारी दिए ।

साधारणसभामा २०७५ सालको एसइई परिक्षा उत्र्तिण गर्ने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा मनोज श्रेष्ठ, आयुष्मा अमात्य, युजल राजकर्णेकार, अभिषेक आचार्य, निश्चल रिमाल र रेजिना विश्वकर्मालाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो । सो कार्यक्रममा सहकारीले उत्कृष्ट बचतकर्ताको विदुर नगरपालिका वडा नं.२ का रामकुमारी शाही र असल ऋणी ककनी गाउँपालिका वडा नं.४ का अनिल लामा सम्मान गरेको थियो । सहकारीको शेयरपुँजी १ करोड ६७ लाख ८६ हजार ८ सय रहेको छ ।