नागथलीको प्रचारपसारमा स्थानीय

  • त्रिशूली प्रवाह
  • १७ पुष २०७६, बिहीबार १४:१७

– सरस्वती न्यौपाने

धुन्चे,  रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं.–१ थुमनबाट करिव २ घण्टाको उकालो चढेपछि पुगिने नागथली चारैतिर हिमालै–हिमाल देखिने मनमोहक स्थान हो । यसको प्रचार–पसारमा स्थानीय जुटिरहेका छन् ।
त्यहाँ पुग्नेले स्वर्गको एक टुक्रा नागथलीलाई मान्छन् । भूकम्प अघि दुई वटा होटल सञ्चालनमा रहेको नागथलीमा अहिले ५÷६ वटा ब्यवस्थित होटलले पर्यटकलाई स्वागत गर्न कुरिरहेका छन् । नागथलीमा पुगिसकेपछि चारैतिर हिमाल, गुराँस, वन, कटुस र विभिन्न प्रजातीका सल्लाको बाक्लो जङ्गल देख्न सकिन्छ र मरेपछि स्वर्ग पुगिन्छ भन्ने उखान त्यहाँ पुगेपछि ज्युदैमा स्वर्ग देखिने नागरिक समाज रसुवाका अध्यक्ष बावुलाल तामाङ बताउँछन् । नागथली नागको आकारमा रहेको छ ।

थुमनबासीले सामुहिक रुपमा वर्षेनी नागथली गुम्बामा पुजा समेत गर्दै आएका छन् । जनविश्वासअनुसार उहिले गुरु रिम्पोछे यस भेगमा तपस्या गर्न आएका थिए भने त्यसबेला गुरु रिम्पोछे आफंैले एउटा गुम्बा बनाए । त्यो गुम्बा नागथलीबाट उत्तर पश्चिमको कुनामा रहेको छ । आन्तरिक तथा बाह्य पर्यटकको मन लोभ्याउने नागथली साथै थुमन पनि हो । यस गाउँको मुख्य उद्देश्य भनेको आफ्नो परम्परा, सँस्कृति जोगाई राख्नु रहेको छ । पर्यटन वर्ष २०२० लाई सफल बनाउन नागथलीको भ्रमण गर्न स्थानीय बोम्वो लामाले बताएका छन् । ३ हजार १ सय ६५ मिटरको उचाईमा रहेको नागथली भिजिट नेपालको उत्कृष्ट गन्तब्य पनि हो ।

गाउँलगायत नागथलीमा जङ्गली जनावर गोठाला धेरै आउने ठाउँ भएकाले गुरु रिम्पोछेले तपस्या गरेर मन्त्रद्वारा यो ठाउँमा पानीको मुल निकालेको विश्वास रहेको छ । जिन्दगीमा एकपटक पुग्नै पर्ने ठाउँ नागथली हो । त्यहाँ पुगेपछि फर्केर आउन मन लाग्दैन र त्यहाँका रमणीय वातावरणको क्यामरामा कैद गरेर ल्याउने गर्दछन् । यस ठाउँमा आफ्नो परम्परा जोगाउँदै पर्यटकलाई आर्कषण गर्दै रोजगारी प्रवद्र्धन गर्न लागिसकेका छन् । थुमन गाउँको एउटा आफ्नै तामाङ धार्मिक तथा साँस्कृतिक परम्परा बोकेको ठाउँ हो ।