उद्यमी महिलाका लागि ६ प्रतिशत ब्याजदर खै ?

  • त्रिशूली प्रवाह
  • १७ पुष २०७६, बिहीबार १४:२३

विदुर, नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा महिला उद्यमी, बैंक तथा बित्तिय संस्थाबिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्र्तक्रियामा जिल्लाका महिला उद्यमीले सरकारद्वारा उद्यमी महिलाका लागि ६ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँसम्म ऋण प्रवाह गर्ने नीति कार्यान्वयन नभएको बारेमा गुनासो पोखेका थिए ।

विदुरमा सञ्चालित कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले कार्यक्रमको अध्यक्षता गदै ब्यवसायी महिलाको ब्यवसायको विकासमा काम गर्न नुवाकोट उद्योग वाणिज्य संघ प्रतिवद्ध रहेको बताउनु भयो । ब्यवसायीका समस्या समाधानमा क्रियाशिल यस संघले बैंक तथा बित्तिय संस्था र महिला उद्यमी ब्यवसायीद्वारा पुँजी ब्यवस्थापनमा भोगेका समस्या समाधानका लागि संघले यो कार्यक्रम आयोजना गरेको बताउनु भयो ।
बेलायती सहयोग नियोग डिएफ आईडिको आर्थिक तथा पुर्णिमा कार्यक्रमको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा पुर्णिमा कार्यक्रम र यसले ब्यवसाय महिलाका लागि गर्ने सहयोगका बारेमा पुर्णिमा कार्यक्रमका उद्यम विकास संयोजक चक्रपाणी तिमल्सिनाले बताउनु भएको थियो । महिला ब्यवसायीको समस्याको विषयमा लघुउद्यमी संघको तर्फबाट गीता थापा, नेपाल च्याम्बर अफ कर्मश नुवाकोटको तर्फबाट सन्तुमाया तामाङ र नुवाकोट उद्योग वाणिज्य संघको तर्फबाट गीता अमात्यले प्रस्तुतिकरण गर्नुभएको थियो ।

बैंक तथा बित्तिय संस्थाको तर्फबाट महिला लक्षित कर्जा, सरकारी अनुदान तथा बित्तिय सेवाको विषयमा सहभागी बैंकले प्रस्तुत गर्नुभएको थियो । सरकारद्वारा उद्यमी महिलाका लागि ६ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँसम्म ऋण प्रवाह गर्नका लागि निर्देशन भए तापनि विदुरमा रहेका केही बैंकले मात्र यस्तो सेवा दिईएको र अधिकांस बैंकले यस्तो सेवा दिन आनाकानी गरेको सेवाग्राहीको गुनासो रहेको थियो । यस्तै बैंकका कर्मचारी महिला ब्यवसायीको कर्जाका लागि प्रक्रियागत रुपमा झन्झट दिने तथा राम्रो ब्यवहार नगर्ने रहेको गुनासो समेत गर्नुभएको थियो । महिला ब्यवसायीका लागि परियोजना धितो राखेर ऋण प्रवाह गर्नका लागि ब्यवसायीको आग्रह रहेको थियो । महिला ब्यवसायीको बैंक तथा बित्तिय संस्थाबाट गरिने ब्यवहारमा सुधार तथा हेर्ने नजरमा परिवर्तन भएको खण्डमा बैंकबाट लिईएको ऋणको साँवा र ब्याज समयमा नै चुक्ता गर्नका लागि महिला सक्षम रहेको समेत उहाँले बताउनु भएको थियो । ऋणको फिर्ताको तालिका निर्माण गर्दा परियोजनाको प्रक्रिती हेरी किस्ता तोक्न सकेको खण्डमा ब्यवहारिक हुने ब्यवसायीको माग रहेको थियो ।

बैंकद्वारा राष्ट्र बैंकको नीति निर्देशनमा रहेर काम गर्दा केशी प्रक्रियागत झन्झट भए तापनि ब्यवसायीले लगाएका सबै आरोप सत्य नरेको जिकिर गरेका थिए । महिला लक्षित कर्जा प्रवाह गरिरहेको भए तापनि केही प्राविधिक कमजोरी बैंकबाट भएको भए आगामी दिनमा सच्चाएर जाने प्रतिवद्धता बैंक तथा बित्तिय संस्थाका प्रतिनिधीको रहेको थियो । कार्यक्रममा ब्यवसायी तथा बैंकबाट आएका कुराको निस्कर्ष निकाल्दै सफल महिला ब्यवसायी शिवकुमारी डंगोलले महिला ब्यवसायीले पुरुषको तुलनामा हरेक क्षेत्रमा बढि समस्या झेलेर मात्र सफल हुने भएको कारण ब्यवसायमा महिलाको सहभागिता वृद्धिको लागि सरोकारवाला सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । नुवाकोट उद्योग वाणिज्य संघद्वारा ब्यवसायीको सहयोगका लागि ब्यवसाय सहायता कक्षमार्फत विभिन्न बैंक तथा बित्तिय संस्थाको ऋण प्रवाहको बारेमा जानकारी दिने तथा ब्यवसायिक योजनालगायत कागजपत्र निर्माणमा निःशुल्क रुपमा सहयोग गरिरहेको छ । हाल सहायता कक्ष प्रभावकारी बन्दै गएको र दैनिक रुपमा ब्यवसायीद्वारा कक्षको सेवा लिने गरेको जानकारी संघले गराएको थियो ।