तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २४ पुष २०७६, बिहीबार १४:१७
Buddha Eyes

नेपाल भ्रमण वर्ष २०२० औपचारिक रूपमा तामझामका साथ देसैंभरी नै शुरू भएको छ । पर्यटन वर्षको नाममा गत हप्ता लाखौं खर्च भयो । नुवाकोटलाई पनि भ्रमण वर्षको बाछिटाले भेट्यो । नेपालले विगतको १९९८ र २०११ को पर्यटन वर्षबाट फाईदा लिएपनि नुवाकोटले भने यसको गन्ध पनि सुङ्न पाएनन् । तेस्रो पटक शुरू भएको पर्यटन वर्षले भने केही उपलब्धी देला कि भन्नेमा तेस्रो अाँखाले आशा गरेको छ । जिल्लामा भ्रमण वर्ष सफल बनाउन बजेट आएको गाईगुई भएपनि तैचुप मैचुप ! प्रदेश र केन्द्र सरकारले जिल्लाको लागि करोड भन्दा बढी बजेट विनियोजन गरेको हल्ला प्रदेश र संघीय सांसदले चिया चौतारीमा गरेपनि जिल्ला समन्वयले गुपचुप मै त्रिशूली नदी सफा गरेर पर्यटन वर्ष भएको ढोल पिटायो । खासै जिल्लामा पर्यटक नआउने, पर्यटकको मलमुत्र समेत देख्न नपाउने जिल्लामा खर्च गरे के उपलब्धी होला ? समन्वय प्रमुखले बजेट खर्च गरेर उपलब्धी नहुने देखेपछि जताबाट बजेट आएको हो उतै पठाउन लागेका हुन कि भन्ने चिन्तामा सांसद र पर्यटनसँग सम्बन्धित संघ÷संस्था । राज्यले २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई टेवा पु¥याउन नसके ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारा सार्थक होला र मान्यज्यू ?