किसान महासंघ जिल्ला कमिटी गठन

  • त्रिशूली प्रवाह
  • २४ पुष २०७६, बिहीबार १४:३२

– सरस्वती न्यौपाने

धुन्चे,  नेकपा निकट अखिल नेपाल किसान महासंघ रसुवा जिल्लाको पुस १५ गते कालिकास्थानमा भएको भेलाले जिल्ला कमिटी सर्वसम्मत् चयन गरेको छ । स्थानीय निकायका संयोजक र सह–संयोजक जिल्ला कमिटीमा रहने गरी गठन भएको जिल्ला संयोजकमा चुडामणी पौडेल रहनुभएको छ ।

कालिकास्थानमा भएको भेलाबाट १५ सदस्यीय कमिटिको संयोजकमा कमिटीमा कालिका गाउँपालिका संयोजक अणुप्रसाद अर्याल, सह–संयोजक भवानीशंकर देवकोटा, उत्तरगया गाउँपालिकाको संयोजक महेश्वर लामिछाने, सह–संयोजकमा चुपप्रसाद न्यौपाने, नौकुण्ड गाउँपालिकाको संयोजक खिलनाथ पौडेल, सह–संयोजक न्योसिङे लामा, गोसाइँकुण्ड गाउँपालिकाको संयोजक सोनाम ग्याल्बो घले, सह–संयोजक दोर्जे तामाङ र आमाछोदिङ्मो गाउँपालिकाको संयोजक दावानुर्पु तामाङ, सह–संयोजक संगम लामा चयन हुनुभएको छ ।

चयन भएका पदाधिकारीलाई अखिल नेपाल किसान महासंघ प्रदेश नं.३ संयोजक रामप्रसाद दाहालले सपथग्रहण गराउनु भएको हो । सपथग्रहण कार्यक्रममा अखिल नेपाल किसान महासंघ नुवाकोटका संयोजक यमकुमार खाती, रसुवा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का माधवप्रसाद लामिछाने, भवानीप्रसाद न्यौपाने, अर्जुन देवकोटा, सावित्री पुडासैनीलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।