बाध्यताले पुष्प ब्यवसायमा लागे

  • त्रिशूली प्रवाह
  • २ माघ २०७६, बिहीबार १२:३२

 – कुमार कसजु श्रेष्ठ

अध्यक्ष, फ्लोरिकल्चर एसोसिएसन नेपाल

२०४७ सालमा म पढाईको सिलसिलामा काठमाडौंमा प्रवेश गरेको हुँ । रामेछापबाट काठमाडौं प्रवेश पर्दा म १५ वर्षको थिए । त्यो समयमा रामेछाप रापुर नगरपालिकामा कक्षा सातसम्मको मात्र स्कुल थियो । सात कक्षासम्मको मात्र स्कुल हुँदा कक्षा आठमाथि स्कुल पढ्न भनेर काठमाडौंमा आएका हुँ ।

गाउँबाट आएपछि मैले चाबहिलको पशुपति मित्र माध्यामिक विद्यालयमा कक्षा आठमचा भर्ना भएर पढ्न थालें । गाउँबाट आएर म काठमाडौंमा एक वर्ष मेरो जेठो दाइ हरिबहादुर श्रेष्ठसँग बसेको थिए ।

दाईसँग एक वर्ष बसेपछि मलाई दाईसँग बस्दा आफूलाई सन्तुष्टि नभएपछि म दाईबाट छुट्टिएर एक्लै बस्न थाले । २०४८ सालको कुरा हो म जेठो दाईसँग छुट्टिएर एक्लै बस्न थालेको हुँ ।

दाईसँग छुट्टिएपछि मैले धेरै नै संघर्ष गर्नुपरेको थियो । म दिउँसो पढ्ने स्कुल छोडेर राती पढ्न मिल्ने स्कुलमा भर्ना भएँ । नक्साको नन्दी रात्री स्कुलमा राती पनि पढाई हुन्थ्यो र म नन्दी रात्री स्कुलमा कक्षा नौमा पढ्न थाले । स्कुल पढ्दै काम गर्नका लागि मसँग त्यो स्कुलमा पढ्नु हुन्थ्यो काम गर्नका लागि मसँग त्यो स्कुलमा पढ्नुबाहेक अरू विकल्प थिएन । दिउँसो काम गर्ने र राती स्कुल जाने । नन्दी रात्री स्कुलमा म जस्ता धेरै विद्यार्थी पढ्न आउँथे । बिहान–बेलुकीको रोजीरोटी गर्न दिउँसो विभिन्न ठाउँमा काम गर्ने र बेलुकी स्कुल आउँथे ।

काठमाडौंमा खान, बस्न र पढ्नका लागि मैले काम गर्नैपर्ने थियो । मलाई काठमाडौंमा पढ्नका लागि मेरो आमाबुवासँग कुनै आर्थिक स्रोत थिएन । त्यसकारण पनि मैले दाईबाट छुट्टिएर बस्न थालेपछि कोठा भाडा, दैनिक छाक टार्ने र पढाई खर्चका लागि म दिउँसो काम गर्न थालें ।

मैले नौ कक्षामा पढ्दापढ्दै नन्दी रात्री स्कुलका गार्डेनर दाई मोतीलाल श्रेष्ठसँग काम गर्न थालें । पछि उहाँले मलाई फुल ब्यवसायी कमल बेगानीको घरमा काम लगाई दिनुभयो । ब्यापारी बेगानीको घरमा मैले फुल बगैंचामा लामो समय काम गरें । ब्यापारी बेगानीले मलाई काम गरेको पारिश्रमिक मासिक २ सय ५० रूपैयाँ दिनुहुन्थ्यो । मैले बेगानीको घरमा मात्रै ६ महिना गरेको थिएँ । पछि मैले उहाँको घरसँगै अन्य मान्छेको घरमा पनि काम गर्न थालें । त्यसबेला मेरो कोठा भाडा १ सय रूपैयाँ मात्र थियो । म त्यो २ सय ५० रूपैयाँले महिनाको खर्च चलाउँथें ।

कामको साथसाथै आफ्नो पढाईलाई पनि निरन्तर नै दिएको थिएँ । दिनभरी फुल बगैंचामा काम गर्थें भने राती कापी–कलम बोकेर स्कुल जान्थें । मलाई अहिले पनि आनन्द आउँछ । म राती स्कुलबाट आएर राती १२ बजेसम्म बसेर शिक्षकले दिएका होमवर्क गरेर मात्र सुत्ने गर्थें र भोलीपल्ट बिहान फेरी काममा जान्थें ।

ब्यापारी बेगानीका फुल गार्डेनमा म दिनमा दुई घण्टा काम गर्थें । त्यो काम मैले रहरले भन्दा पनि बाध्यताले गरेको थिएँ । एक्लै बस्दा स्कुलको पढाई खर्च र बिहान बेलुकीको रोजीरोटीका लागि मैले काम गरेको हुँ । मैले लामो समयसम्म स्कुलका गार्डेनर मोतीलाल दाईसँग नै काम गरे । धेरैजसो उहाँसँगै हिंड्थें । उहाँसँग काम गर्दै जाँदा मैले बगैंचामा गर्ने सबै काम सिकेपछि मेरो सम्बन्ध पनि अरू मान्छेसँग बढ्दै गयो । मैले अन्य घरको बगैंचामा काम गर्न थालें । तर, यता मैले आफ्नो पढाईलाई पनि निरन्तरता नै दिईरहेको थिएँ । काम गर्दागर्दै मैले २०५० सालमा नन्दी रात्री स्कुलबाट एसएलसी पास गरे । यसैगरी, विभिन्न मान्छेको घरको बगैंचामा मैले २०५२ सालसम्म काम गरे । मैले धेरै घरका बगैंचा सजाइदिएँ । ब्यापारी कमल बेगानीको घरमा काम गर्दागर्दै मैले नेपालकी पहिलो महिला उप–प्रधानमन्त्री तथा नेपाली कांग्रेसकी वरिष्ठ नेतृ शैलजा आचार्यको घरको बगैंचामा समेत मैले काम गरेको थिएँ । उहाँले मलाई मासिक पारिश्रमिक ४ सय रूपैयाँ दिनुहुन्थ्यो । यसैगरी, नेपालका राजनीतिज्ञ तथा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको घरमा, नायक भुवन केसीलगायतका नाम चलेका ब्यक्तित्वको घरमा मैले काम गरेको थिएँ ।

बाध्यतासँगै काम रमाउन थालें । शुरूमा विभिन्न ब्यक्तिको घरमा गएर काम गर्नु मेरो बाध्यता थियो । पढाई पर्न मैले घर घरमा गएर बगैंचामा गार्डेनरको काम शुरू गरेको हुँ । गर्दै जाँदा पछि म त्यही काममा नै रमाउन थालें । त्यो समयमा विभिन्न ब्यक्तिको घरमा काम गरेर म महिना २० हजार रूपैयाँ कमाउँथें । त्यस समयमा २० हजार महिनामा कमाउनु धेरै राम्रो आम्दानी हो । त्यतिबेला अफिसमा जागिर खाने कर्मचारीको मासिक तलब २ हजार भन्दा बढी हुँदैनथ्यो । मलाई खुसी लाग्थ्यो म विभिन्न घरमा २÷३ घण्टा काम गरेर महिना २० हजार रूपैयाँ कमाउँथें । त्यसबाट नै म आफ्नो खर्च चलाएर केही पैसा बचाएर राख्थें । त्यही घरघरमा काम गरेर बचाएर पैसाले मैले आफ्नो नर्सरी ब्यवसाय शुरू गरेको हुँ ।

ब्यवसाय थालनी विभिन्न मान्छेको घरमा काम गरेर बचाएको १ लाख र फुल ब्यापारीसँगै १ लाख ऋण लिएर २ लाख लगानीमा मैले २०५२ सालमा मैले नर्सरीको ब्यवसाय शुरू गरेको हुँ । ब्यापारीसँग ऋण लिंदा मैले फुलका बिरूवा बिक्री गरेर दिने सर्तमा लिएको थिएँ । शुरूमा मैले फुल ब्यवसाय चाबहिल चोकमा कम्युनिटी गार्डेन भनेर एक रोपनी जग्गामा शुरू गरेको थिएँ । त्यो सरकारी जग्गा गरेको थिएँ ।

त्यहाँ कुनै भाडा दिनुपर्ने थिएन । तर, मैले एक वर्षमा मात्र सञ्चालन ल्याउन सकें । विभिन्न कारणले मैले त्यहाँ गर्न नसकेर बन्द गरिदिएँ । त्यो ब्यवसायलाई बन्द गरेर पनि मैले आफ्नो पढाईलाई भने बन्द गरेको थिईनँ । निरन्तर कामसँगै पढाईलाई पनि निरन्तर दिएको थिएँ । त्यो समयमा एसएलसीको रिजल्ट आउन करिव एक वर्ष नै लाग्थ्यो । एसएलसी पास भएपछि म बानेश्वर क्याम्पस २०५१ सालमा आईएमा पढ्न थालें । मैले मानविकी संकायमा अािवार्य नेपाली पढेको थिएँ । आईए पास भएपनि मैले ब्यवसायकै कारणले त्यो भन्दा माथि पढ्न सकिनँ । पढारुईलाई बन्द गरेर म पछि पूर्णरूपमा फुल ब्यवसायमा लागें ।

२०५३ सालमा मैले अमेरिकन सूचना केन्द्रमा प्राविधिक हैसियतमा मैले काम गर्ने मौका पाएको थिएँ । बगैंचामा काम गरेको अनुभवका आधारमा मलाई अमेरिकन दूतावासको सूचना केन्द्रले मलाई प्राविधिकका रूपमा कर्मचारी नियुक्त गरेको थियो । त्यो केन्द्रमा अन्य कर्मचारी भएपनि म त्यहाँ प्रमुख प्राविधिक रूपमा काम गर्थें । त्यतिबेला मेरो त्यहाँको मासिक पारिश्रमिक १० हजार रूपैयाँ थियो । त्यहाँ मैले करिव नौ वर्ष काम गरें । विभिन्न ब्यापारिक तनाव र अन्य विभिन्न कारणले मैले २०६२ सालमा अमेरिकन सूचना केन्द्रको प्राविधिक कामलाई छोड्नुप¥यो ।

२०५९ सालमा फ्लोरिकल्चर एसोसिएसन नेपालको साधारण सदस्य भएको थिएँ । त्यसपछि २०६२ सालमा एसोसिएसनमा केन्द्र सदस्यका रूपमा आएको थिएँ । २०६२ सालसम्म आईपुग्दा मेरो फुल ब्यवसाय राम्रै भईसकेको थियो । २०६२ सालमा आईपुग्दा मैले कपनमा पाँच रोपनी जग्गामा पुष्प खेती शुरू गरिसकेको थिएँ । यसैगरी, मेरो आम्दानी मेरो आफ्नो पुष्पखेती र आफ्ना जागिरबाट मात्र नभएर मेरो बाहिरबाट पनि आम्दानी हुन्थ्यो । बाहिर भन्नाले विभिन्न कम्पनीले हामीसँग यति वर्षका लागि भनेर सम्झौता गरेको हुनथ्यो । त्यसका आधारमा हामीले आफ्नो कर्मचारीलाई निश्चित पारिश्रमिकमा काम गर्न पठाउँछु । कम्पनीमा लाग्ने फुलका बोटबिरूवा हामी आफ्नै नर्सरीबाट दिन्छु र हाम्रो कर्मचारीले सम्झौता गरेको कम्पनी वा संस्थामा गएर काम गर्छ ।

२०६२/६३ सालको कुरा हो । त्यस समयमा मसाग बाहिर ८० वटा युनिट थियो । त्यो ८० वटा युनिटमा काम गर्न मेरो १४ जना कर्मचारी काम जान्थें । त्यतिबेला त्यहाँबाट मेरो मासिक आम्दानी करिव ४ लाख हुन्थ्यो । २०६२/०६३ सालको माओवादीको राजनीतिक द्धन्द्धकै कारण मैले मेरो ८० वटा युनिटको काम छोड्दा मेरो ब्यवसायमा ठुलो धक्का पुग्यो । सबै मेरो ब्यवसाय फेरी शून्यमा झरेको थियो । त्यसबेला मलाई माओवादी चन्दा माग्न आउँथे । चन्दा नदिंदा माओवादी घरमै आएर थर्काउने र कुटपिट गरेर जान्थें । यस्तै, माओवादीले विभिन्न खालका यातना दिन थालेपछि बाध्य भएर सबै आफ्नो ब्यवसाय छोड्नुपरेको थियो । त्यो समयमा म पनि कुनै राजनीतिक दलसँग क्रियाशिल नै थिएँ । त्यसकारण पनि मलाई माओवादीले धेरै थ्रेट गरेका थिएँ । राजनीति दबावकै कारण मैले अमेरिकन सूचना केन्द्रको काम छोड्नुप¥यो ।

२०६३/०६४ सालमा फेरी पुष्प ब्यवसायमा आवद्ध भएँ । निरन्तर यो ब्यवसायलाई अपनाउँदै आईरहेको छु । यस ब्यवसायबाट मासिक १ लाख रूपैयाँ आम्दानी गर्दै आएको छु । मेरो सफलता मेरो आफ्नै मिहिनेत, लगनशिलता र साधना नै हो । यसैगरी, मेरी आमाको निरन्तरको प्रेरणा, मेरो श्रीमतीको निरन्तरको सहयोग र हौसलाले पनि म यो ठाउँमा आउन सफल भएको हुँ । यसैगरी, मेरो सफलताको पात्र पुष् ब्यवसायी ज्ञानबहादुर बादे पनि एक हो । उहाँले मलाई ब्यवसायमा सफल हुन निरन्तर प्रेरणा दिनुहुन्थ्यो । यतिसम्म कि उहाँलाई म बिरामी भएको अवस्थामा अस्पताल भेट्न जाँदा मलाई भेटेर समय खेर फाल्ने होइन । आफ्नो काम गर्न जाऊ भन्नुहुन्थ्यो । उहाँ मेरा लागि बुवापछि दोस्रो बुवा हो ।