भारत भ्रमण सम्पन्न

  • त्रिशूली प्रवाह
  • २ माघ २०७६, बिहीबार १२:५२

विदुर, नुवाकोटका डेढ दर्जन ब्यवसायीको सातदिने भारतको ब्यवसायीक अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ ।

स्थानीय ब्यवसायी पूर्णलाल श्रेष्ठ बागटार कोलनीको समन्वयमा भारतको दिल्ली, गोवा र बम्वई शहरको अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको हो । उक्त भ्रमण टोलीमा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्की, संघका पूर्व अध्यक्ष शरण उत्सुक सापकोटासहित ब्यवसायी तेजबहादुर प्याकुरेल, धनबहादुर श्रेष्ठ, मोहनबहादुर श्रेष्ठ, सुर्यकुमार श्रेष्ठ, आनन्द शाक्य, मुक्तबहादुर बोगटी, मुकुन्दप्रसाद ढुंगाना, रविन्द्र कर्माचार्य, राजकुमार डंगोल महर्जन, अमृत महर्जन, रामकुमार रिजाल, हिराकाजी श्रेष्ठ, राजेश पाण्डे, बिज्रकिशोर (भिखारी) प्रसाद गुप्ता, रामकृष्ण राजभण्डारी, हस्तबहादुर तामाङ (च्याङ्वा दाई) रहेका थिए । २०७६ पुस १९ गते शनिबारदेखि २०७६ पुुस २५ गतेसम्म भारतको राजधानी न्युदिल्ली, पर्यटकीय नगरी गोवा र फिल्म नगरी (बलिउड) बम्वईको भ्रमण गरेको थियो ।

भ्रमणमा स्थानीय उद्योग ब्यवसाय, रेलमार्ग, सडकमार्गको स्थलगत अध्ययन र धार्मिक तथा पर्यटकीय क्षेत्र एंव समुन्द्रको भ्रमण गरेको उद्योग वाणिज्य संघ नुवाकोटका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभयो । ब्यक्तिगत खर्चमा सम्पन्न भ्रमणले औद्योगिक तथा ब्यवसायीक रूपमा भारतले गरेको प्रगति, विकास र बिस्तारको अवलोकन गरिएको भ्रमण टोलीका सदस्य एंव भगवती पेपर प्रडक्टका सञ्चालक रामकुमार रिजालले बताउनु भयो । भ्रमणले उत्साह र ब्यवसायीक हौसला मिलेको भ्रमण टोलीका सदस्य मोहनबहादुर श्रेष्ठले बताउनु भयो । भ्रमण ब्यवसायीक रूपमा उत्साह तथा अनुभव बढाउन सफल रहेको भ्रमण टोलीका सदस्य सुर्यकुमार श्रेष्ठले बताउनु भयो ।