अविर चढाउन नहुने छङ्गम देवी

  • त्रिशूली प्रवाह
  • २ माघ २०७६, बिहीबार १३:०९

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर–६ बोकेझुण्डामा रहेको छङगम डाँडामा अवस्थित छङ्गम देवीको दर्शन गर्न जाँदा महिला मात्र जान नहुने र अविरद्वारा पुजा गर्न र धुपबत्ती बाल्न नहुने मान्यता रहेको छ । देवीको दर्शनसँगै त्यस क्षेत्रको प्राकृतिक छटाको अवलोकन गर्नेको संख्या दिन प्रतिदिन बढिरहेको छ ।

बोकेझुण्डा निवासी लवाङ ग्याल्बो घलेकाअनुसार परापुर्व कालदेखिकै आफैं उत्पति भएको ढुङ्गाको ओडार जस्तो कोप्चेरोमा रहेको छङ्गमदेवी अरू देवी–देवताको भन्दा बेग्लै महिमा छ । उहाँले बताएअनुसार देवीको दर्शन गर्न जाँदा महिला मात्र जान नहुने र अविरद्वारा पुजा गर्न नहुने धुपबत्ती समेत गर्न हुँदैन जङ्गलमा पाईने धुपी बाल्न र चढाउन चाहीँ हुन्छ । त्यस ठाउँ वरपरका रुख समेत काट्न हँुदैन भन्ने धार्मिक मान्यता रहिआएको छ । धार्मिक मान्यताअनुसार देवीको थान नजिक लापरबाही गरेर अरु देवीदेवतालाई जस्तो हेलचक्राई गरेमा त्यस भेगमा बादल लाग्ने, अध्यारो हुने गर्दछ । त्यहाँ देवीलाई सिक्काको पैसा र गाईको दुध मात्र चढाउनुपर्ने मान्यता रहेको छ । पहिले

यस ठाउँमा गुफा बस्ने गर्दथे र जङ्गलको बिचमा भएकोले बाघ कराउने भएकाले गुफा बस्न भने छोडेको ढुङ्गाको बिचमा भएकाले पानी परेर पनि त्यसभित्र पानी नपर्ने पानीको भल बगेपनि त्यसभित्र एक थोपापानी पनि नजाने हावा हुरी आएपनि त्यस ठाउँमा केही नहुने विश्वास रहेको जिल्ला समन्वय समिति रसुवाको सदस्य विश्वकुमार घलेले बताउनु भयो । छङ्गम भनेको लामा झाक्री तपस्या गरेर बस्ने ठाउँ हो । त्यस ठाउँमा नै देवी उत्पति भएकोले त्यस ठाउँको नाम छङ्गम भनेको हो भने डाँडाको बिचमा भएकाले छङगम डाँडा भनिएको स्थानीय समाजसेवी लवाङ ग्याल्बो घलेले बताउनु भयो ।

पर्यटन वर्षको लागि यो पनि एक महत्वपुर्ण भ्रमण गर्ने ठाउँ हुनेछ । यसको पनि उचित प्रचार–प्रसार गर्न सके त गोसाइँकुण्ड जतिकै धार्मिक पर्यटकियस्थलको रुपमा परिचित हुने नागरिक समाज रसुवाका अध्यक्ष बावुलाल तामाङले बताए । यस ठाउँमा शुद्ध भएर साझको अस्ताउँदो घाममा पनि त्यहाँ जान नहुने लामा झाँक्री बताउछन् । देवीलाई वर्षको दुईचोटी स्थानीयहरू गाईको दुध चढाउने गर्दछन् । त्यस क्षेत्रमा रहेको छङ्गमदेवी एउटा पवित्र र अरु ठाउँ जस्तो बेग्लै महिमा बोकेको देवीको रुपमा मानिआएको समाजसेवी घलेले बताउनु हुन्छ । पासाङल्हामु राजमार्गको बोकेझुण्डास्थित सडकबाट ३० मिटर उकालो गएपछि ढुङ्गाको गुफा आकारको भाग रहेको छ । वरपर हरियाली रुख विरुवा रहेका छन् । छङ्गम देवीमा पहिले लामा–झाँक्री गुफा बस्ने गरेको ठाउँ अझै पनि देखिन्छ ।