नुवाकोट र धादिङ काँग्रेस सभापति कारबाही भोग्न तयार

  • त्रिशूली प्रवाह
  • २ माघ २०७६, बिहीबार १३:१२

धादिङवेंशी, नेपाली काँग्रेस केन्द्रीय कार्यालयले गत हप्ता नुवाकोटका नेपाली काँग्रेसका सभापति जगदिश्वर नरसिंह केसी र धादिङका सभापति रमेश धमलालाई कारबाही गर्ने हल्ला चलेको थियो ।

पार्टी कार्यालयबाट आधिकारिक पत्र नआएको जानकारी दुवै जिल्लाका सभापतिले दिएका छन् । ‘ब्यक्तिगत रुपमा हामीले पार्टीलाई हानी नोक्सानी पु¥याउने काम गरेका छैनौं, पार्टीको केन्द्रबाट भएका कमी कमजोरी गल्तीका बारेमा कुरा उठाउँदा चित्त नबुझ्ने अवस्थामा कारबाही हुने भए अर्कै कुरा हो ! त्यही विषयलाई लिएर कारबाही भएमा भोग्न तयार रहेको दुवै सभापतिले बताएका छन् ।  केही अनलाईनमा समाचार आएपनि यस विषयमा पार्टीले कुनै किसिमको जानकारी नगराएको नुवाकोटको सभापति केसीले बताए । उनले भने ‘मैले समाचारमा पढेको हुँ, यसबारे मलाई पनि खासै थाहा छैन, अब कारबाही भनेको के हो ? जिल्ला सभापति निलम्बन नै गरेपनि मलाई आपत्ति छैन ।’

केन्द्रबाट आएको सबै आदेश मानिरहेको खण्डमा यस्तो कारबाही कुनै हालतमा नहुने र भएपनि फरक नपर्ने उनले बताए । ‘ब्यक्तिगत रुपमा हामीले गर्ने कतिपय विषयमा पार्टीले केन्द्रबाट भएका कमी कमजोरी गल्तीका बारेमा कुरा उठाउँदा चित्त नबुझ्ने अवस्थामा कारबाही हुने भए अर्कै कुरा हो ! उनले थपे, ‘पुस ११ गते केन्द्रिय समीतीको बैठकमा जसरी एकतर्फी ढङ्गले चौधौँ महाधिवेंशन घोषणा गर्ने काम भयो यो गलत हो, अब यहि कुरा उठाउँदा कारबाही गर्नेकुरा हो भने ठिकै छ, कारबाही ब्यहोर्न तयार छु ।’ यस बारेमा पार्टीका अन्य सदस्यले पनि कुनै कुरा नउठाएको उनले जिकिर गरेका छन् ।

नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाले पनि पार्टीले कारबाही गर्ने कुरा निराधार रहेको बताए । उनले भने, ‘पार्टीले कारबाही गर्ने कुरा निराधार छ, त्यो सत्य हैन, कारबाहीको कुरा कतै परेको छैन, सौहार्द रुपमा काम भईरहेको छ, ‘यो समाचार बाहिर आईसकेपछि पनि सभापतिज्यू, पदाधिकारी, सदस्य सबै नेताहरुलाई भेट्यौँ, त्यहाँ पनि कुनै कुरा भएको छैन, त्यो निराधार कुरा हो ।’ ‘पार्टीमा कारबाहीको कुरा उठेकै छैन त ? भन्ने प्रश्नमा सभापति धमलाले भने, ‘पार्टीमा कुनै कुरा उठेको छैन, उठेको भए त जानकारी हुने थियो ।’ यसकारण पनि यो निराधार छ । कारबाहीको कुरा उठ्नेमा कुनै शंका पनि नरहेको उनले बताए ।

केही दिन अगाडी विभिन्न मिडियाले धादिङका सभापति रमेश धमला, नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीलगायत अन्य केही जिल्ला सभापतिलाई पार्टीको निर्देशन नमानेको, पार्टीका बारेमा गलत हल्ला फैलाएको भन्ने जस्ता कारणले कारबाही हुने भनेर समाचार बाहिर आएको थियो ।