शुभकामना सहकारीको अध्यक्ष हरिकृष्ण

  • त्रिशूली प्रवाह
  • २ माघ २०७६, बिहीबार १३:२०
Logo of trishuli prawaha

बेत्रावती, नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं.–१० बेत्रावतीमा रहेको शुभकामना बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार सम्पन्न साधारणसभाले सञ्चालक समितिको अध्यक्षमा हरिकृष्ण डंगोललाई सर्वसम्मत् चयन गरेको छ ।

साधारणसभाबाट सहकारीको सञ्चालक समितिको उपाध्यक्षमा पूर्णबहादुर डंगोल, सचिवमा चन्द्रलाल डंगोल, कोषाध्यक्षमा राजकुमार प्याकुरेल, सह–सचिवमा सिता थापा चयन भएका छन् । साधारणसभाले लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा अष्टमान डंगोल र सदस्यमा दिनेश अधिकारी र लेखनाथ रिजाललाई चयन गरेको छ । सहकारीको अध्यक्ष ईश्वरलाल श्रेष्ठको सभापतित्वमा भएको साधारणसभाको उद्घाटन विदुर नगरपालिका वडा नं.–१० का अध्यक्ष गणेशकुमार नेपालले गर्नुभएको थियो ।