माघ १० गते वाग्मती प्रदेशमा विदा

  • त्रिशूली प्रवाह
  • २ माघ २०७६, बिहीबार १३:२६

हेटौंडा, आगामी माघ १० गते शुक्रबार वाग्मती प्रदेशका १३ वटै जिल्लामा सोनाम ल्होछार पर्वको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय प्रदेश सरकारले गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका अनुसार मन्त्री परिषद्को बैठकले माघ १० गते सोनाम ल्होछारको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । वाग्मती प्रदेश तामाङहरूको बहुल्यता रहेको छ । सोनाम ल्होछार पर्व तामाङहरूको मुख्य चाड हो ।