लायन सहकारीको अध्यक्षमा पुनः कुवेरमान

  • त्रिशूली प्रवाह
  • २ माघ २०७६, बिहीबार १३:२९

बट्टार, लायन बचत तथा ऋण सहकारी संस्था लि. बट्टारको शनिबार सम्पन्न बाह्रौं वार्षिक साधारणसभाले कुवेरमान श्रेष्ठलाई पुनः सञ्चालक समितिको अध्यक्षमा निर्वाचित गरेको छ ।

साधारणसभाले ११ जनाको सञ्चालक समिति चयन गरेको छ । निर्वाचित उपाध्यक्षमा शैलेन्द्रकुमार श्रेष्ठ, सचिवमा महेश्वर अमात्य, कोषाध्यक्षमा धुवप्रसाद ढकाल, सदस्यमा निनावती प्रधान उप्रेती, अञ्जु रिमाल, लक्ष्मण श्रेष्ठ, सुमनमान श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, बद्रीप्रसाद त्रिपाठी, भोजबहादुर नेपाली रहेका छन् ।

सहकारीले आ.व.०७५/०७६ मा शेयरपुँजी ३६ दशमलव ८३ प्रतिशतले बृद्धि भई १ करोड ७३ लाख १ हजार ७ सय रूपैयाँ पु¥याएको छ । सहकारीले आ.व.०७५÷०७६ मा बचत संकलन ८ करोड १७ लाख २५ हजार ४ सय ९० रूपैयाँ गरेको छ । सहकारीको अध्यक्ष कुवेरमान श्रेष्ठले साधारणसभामा दिएको जानकारी अनुसार ०७५/०७६ मा ऋण लगानी ७ करोड ७ लाख २१ हजार ९ सय २५ गरेर १७ लाख ३ हजार ८० रूपैयाँ खुद नाफा आर्जन गरेको छ ।

२०६४ पुस ४ गते सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई परिपालन गरेर दर्ता भएको लायन सहकारीमा १ हजार २ सय ३२ शेयर सदस्य रहेको उपाध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले साधारणसभामा जानकारी दिनुभयो । जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठले उद्घाटन गर्नुभएको बाह्रौं वार्षिक साधारणसभामा असल बचतकर्ता श्यामराज पाण्डे, उद्धव श्रेष्ठ, करूणा श्रेष्ठ र असल ऋणी लालप्रसाद न्यौपाने, बाल बचत सुर्यान खड्का र आराध्या अमात्यलाई सम्मान गर्नुभएको थियो । सो कार्यक्रममा २०७५ सालको एसईई परीक्षामा उत्तिर्ण हुने शेयर सदस्यका छोरछिोरी मध्ये उत्कृष्ट अंक ल्याउने शेयर सदस्य प्रकाशकुमार अधिकारीको छोरा प्रयुष अधिकारी र शेयर सदस्य ईश्वरी पाठककी छोरी सुजिता पाठकलाई नगद पुरस्कार सहित सम्मानपत्र प्रदान गरिएको थियो । सो अवसरमा उत्कृष्ट कर्मचारी हेमलत्ता डंगोल श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।