तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २ माघ २०७६, बिहीबार १३:३२
Buddha Eyes

नुवाकोटमा १२ वर्षपछि खोला फक्र्यो । हिउँदैमा तेस्रो अाँखाले अप्ठ्यारो कुरा ग¥यो भनेर अचम्म नमान्नु होला । नुवाकोटलाई २० वर्षसम्म नेपालको राजधानी बनाएर नेपाल एकिकरण अभियान थालेका पृथ्वीनारायण शाहले यसै जिल्लामा देह त्याग समेत गरेका थिए । तर अहिले प्रदेशको राजधानीको लागि समेत चर्चामा नआउनु कस्तो दुर्भाग्य ? नुवाकोटे नेताको औकात पनि छर्लङ्ग ! पृथ्वीनारायणको न मामाघर, न ससुराली ? झण्डै २ सय वर्ष अगाडी यो जिल्लामा के देखेछन् र राजधानी बनाएछन् । जिल्लामा नेता नै नभएको हुन् कि, भोट बटुल्नेहरूले प्रदेशको राजधानी बनाउन सपनामा पृथ्वीनारायण शाहलाई फोन गर्ने हो कि ? तर ढिलै भएपनि राजनीतिक आस्था भन्दा माथी उठेर पृथ्वीनारायणलाई जिल्लामा सम्मान गरेको देख्दा इतिहास ओझेलमा पर्दो रहेन छ भन्ने लागिरहेको छ । विगतको ०६२÷०६३ को जनआन्दोलनपछि पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउँदा लखटिएकाहरू १२ वर्षपछि लखटिने र लखट्नेबिच एकता प्रदर्शन गर्न हानथाप ! यही हो गणतन्त्रको फाईदा । सबैमा चेतना भयाँ !