कस्तुरी घर आँगनमै भेटिन थाल्यो

  • त्रिशूली प्रवाह
  • २ माघ २०७६, बिहीबार १३:३७

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं.–४ लाङटाङ क्षेत्रमा नेपालमा दुर्लभ बन्दै गएको कस्तुरी घर अाँगनमै भेटिन थालेको छ । अहिले कस्तुरीको संख्या बढोतरी भएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्जले लाङटाङको जङ्गलमा दाउरा काट्न रोक लगाएपछि जङ्गलमा दाउराको सट्टा बैकल्पिक उर्जा र ग्यास प्रयोग गर्न थालेसँगै जङ्गलको संरक्षण हुँदा अहिले घर अाँगनमा नै कस्तुरी नाच्न थालेका छन् ।
नेपाली सेना कालिजंग गण, मध्यवर्ती क्षेत्र उपभोक्ता समुह, हिमचितुवा संरक्षण समुहले बैकल्पिक उर्जा प्रयोग र जङ्गल संरक्षण गर्न नियमित गस्ती गर्न थालेपछि अन्य वन्यजन्तुलगायत कस्तुरी बढेको लाङटाङ राष्ट्रिय निकुञ्जका वन प्राविधिक एवं रेन्जर रमेश बस्नेतले बताउनु भयो । ‘लाङटाङ क्याङजिङको जङ्गलमा ठुलै संख्यामा कस्तुरी देखिन थालेको लाङटाङका स्थानीय ग्याल्बु लामाल बताउनु भयो, उनले भने जङ्गल संरक्षण भएकै कारण अहिले हाम्रै घर आँगनमा कस्तुरी खेल्ने, नाच्ने र कुद्ने गर्दछ ।