तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • ९ माघ २०७६, बिहीबार १६:३१
Buddha Eyes

कथनी र करनीबिच तारतम्बे नमिल्दा सामुदायिक विद्यालयको अवस्था स्वाहा ! विदुर नगरपालिकाले सामुदायिक विद्यालयलाई सुधार गर्न के–के ग¥यो वर्णन गरेर साध्य छैन । नगरभित्रका निजी विद्यालय दर्ता गर्न रोक लगाएर होस् कि अंग्रेजी माध्यम लदाएर, शिक्षक थप गरेर सामुदायिक विद्यालयमै पढाउनै पर्छ भन्ने सोचको विकास गराउन सफल रहँदा दाँतमा गुन्द्रुक अड्केको जस्तो भईरहेको छ । नगर शिक्षाको उदाहरणीय कार्यको चर्चा जिल्ला हुँदै प्रदेशभरी नै फैलिरहेको भएपनि यहाँ फेरी निजी विद्यालय दर्ताको खिचडी पाक्दा गरेको काम भुसुक्कै ! जनपक्षीय नगरपालिकाको यो निर्णय टिकाउन मेयर सर र उपमेयर म्याडमलाई हम्मे–हम्मे परिरहेको खवर गाईगुई हुँदा वडाध्यक्ष तै चुप मै चुप ! मेयर सर र उपमेयर म्याडमको पोल्टामा आधा÷आधा दर्जन निजी विद्यालय आउँदो शैक्षिक सत्रमा जन्माउने तयारीको चर्चाले शिक्षा तथा समन्वय इकाई मुर्छित ! आखिर राज्यको एक्लो लगानीले शिक्षा र स्वास्थ्य फ्रस्टाउन र जनताको पहुँचमा पुग्न सक्दैन नै भनेर संसारभर निजी क्षेत्रलाई प्रोत्साहन गरिएको छ । आखिर नगरबासीलाई सुखी र समृद्ध बनाउन लगानी त ल्याउनै प¥यो नि !