नुवाकोटमा क्रस कन्ट्री दौड

  • त्रिशूली प्रवाह
  • १३ माघ २०७६, सोमबार ११:५७
Logo of trishuli prawaha

दुईपिपल, ‘जे गरौं गज्जवले गरौं’ भन्ने नारासहित नुवाकोटमा चौंथो झिल्टुङ क्रस कन्ट्री दौड आयोजना हुने भएको छ ।

आयोजक बेलकोटगढी नगरपालिका वडा नं.–५ का अनुसार प्रतियोगिता माघ २५ गते कोल्पुटारमा हुनेछ । काठमाडौं एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने क्रस कन्ट्री दौड अन्र्तगत १३ दशमलव ४ किमीको कच्ची बाटो हुनेछ । जसमा ४ दशमलव ५ किमी उकालो, दुई किमी समथर र बाँकी ओरालो रहने छ । यस्तै छात्रा र छात्रलाई ध्यानमा राख्दै ४ दशमलव ५ किमीको रन फर पन रेसको खुला दौड पनि हुनेछ ।

क्रस कन्ट्री दौडको पुरूष र महिलातर्फको बिजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ५ हजार पाउने छन् । दौडमा किर्तीमान समय भङ्ग गर्नेलाई थप पाँच हजार उपलब्ध गराउने छ । छात्रा र छात्रतर्फ बिजेताले पाँच हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार पाउने छन् । पछिल्लो संस्करणमा पुरूषतर्फ १३औं सागका स्वर्ण बिजेता किरण बोगटी र महिलातर्फ पुष्पा भण्डारी च्याम्पियन हुनुभएको थियो ।