६ महिनामा सात अर्ब राजश्व संकलन

  • त्रिशूली प्रवाह
  • १६ माघ २०७६, बिहीबार १४:४९
Logo of trishuli prawaha

धुन्चे, रसुवा जिल्लामा चालु आर्थिक वर्षको ६ महिनामा रसुवा भन्सार कार्यालयले ७ अर्ब ३३ करोड रूपैयाँ राजश्व संकलन गरेको छ ।

प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काकाअनुसार गत आ.व.को शुरुको ६ महिनामा ५ अर्ब ६२ करोड रूपैयाँ राजश्व संकलन भएको थियो भने यो चालु आ.व.को ६ महिनाको अवधिमा ७ अर्ब ३३ करोड रूपैयाँ उठेको हो ।  प्रमुख भन्सार अधिकृत खड्काले भन्नुभयो, राजश्व चुहावट रोक्ने कार्यमा शसस्त्र प्रहरी बल २१ नम्बर गुल्मले राम्रो काम गरेको र छिटो छरितो सामान परिक्षण गर्न ३० जाँचकी परिचालन गरी सामाग्रीको मुल्याङ्कनबाट उक्त राजश्व संकलन भएको हो ।   उत्तरी नाका रसुवागढी हुँदै जुत्ता, चप्पल, थर्मस, इलेक्ट्रोनिक सामान, कम्बल, विद्युत् निर्माणका सामाग्री, कपडा, खेलौना, तयारी पोशाक, जिम्बु जस्ता विविध सामाग्री आयात हुने गर्दछ ।