काँग्रेसमा कुटाकुट पर्व सुरु

  • त्रिशूली प्रवाह
  • १६ माघ २०७६, बिहीबार १४:५२

महाधिवेंशनको मिति परिमार्जन रसुवाको अधिवेंशन कात्तिक २३ र नुवाकोट तथा धादिङ्गको अधिवेशन कात्तिक २५ मा

महाधिवेंशनको रौनकले नेपाली काँग्रेसलाई छुन लागेको छ । त्यही भएर पार्टीका कार्यकर्ता गुटका नाममा हानाहान र तानातान गर्न थालेका छन् । काँग्रेससले गाउँ÷नगर वडा अधिवेंशन २०७७ कात्र्तिक १६ गते, गाउँ÷नगरपालिका अधिवेंशन २०७७ कात्र्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेंशन २०७७ कात्र्तिक २१ गते, प्रतिनिधीसभा क्षेत्रीय अधिवेंशन÷एक मात्र प्रतिनिधीसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेंशन २०७७ कात्र्तिक २३ गते, एक भन्दा बढी प्रतिनिधीसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेंशन २०७७ कात्र्तिक २५ गते, प्रदेश अधिवेंशन २०७७ मंसिर २९ गते गर्ने निर्णय गरेको छ । काँग्रेसको निर्णयअनुसार रसुवाको अधिवेंशन कात्तिक २३ गते र नुवाकोट तथा धादिङ्गको अधिवेंशन कात्तिक २५ गते हुनेछ ।

यो हानाहानको सुरुवात नेपाल विद्यार्थी संघबाट शुरू भएको छ । महाधिवेंशन गर्नु अगाडी भागबण्डाका आधारमा नेवीसंघको विवाद मिलाउने सहमति नेताले गरेपछि नेविसंघका नेता आपसमै कुटाकुट गर्न थालेक हुन् । सहमतिअनुसार नेविसंघको महाधिवेंशन छ महिनाभित्रमा गर्नुपर्ने छ । त्यसका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले नेविसंघमा कति पद पाउने भन्ने सहमति चाहीँ गरिसकेका छन् । तर, शीर्ष नेताका तीनवटै गुटमा नेविसंघको विभिन्न उपगुट पनि छन् । त्यही भएर विवाद र हानाहान शुरु भएको हो । काँग्रेसले महाधिवेंशन भने पनि जहिले पनि कुटाकुट र हानाहानको पर्वको रुपमा मनाउँदै आएको छ । यो पटक यो कुटाकुट धेरै चम्किने देखिन्छ ।

नेपाली काँग्रेसको महाधिवेंशन जति नजिकिंदै छ त्यति नै मात्रामा कार्यकर्ताबीच शत्रुता बढ्दै गएको छ । सभापति देउवालाई ढाल्नको लागि काँग्रेसको अर्को पक्षले एकल उम्मेदवारी दिने अपेक्षा गरिए पनि अहिलेको विवादले देउवापछि पनि थप दुईवटा गुट बन्ने देखिएको छ । एउटा गुटको नेतृत्व पौडेल र अर्को पक्षको गुटको नेतृत्व सिटौलाले गर्ने छन् । महाधिवेंशन गराउने विषयमा देउवा पक्ष अर्का दुईवटा समूहसँग केही झुके पनि त्यसलाई स्वीकार गर्ने पक्षमा छैन । त्यही भएर अहिलेदेखि नै देउवा पक्ष र अर्का दुई पक्षबीच सानातिना विवाद र कुटाकुट जारी रहेन देखिन्छ ।

महाधिवेंशन भने पनि काँग्रेस कार्यकर्ताबीच वडादेखि नै विवाद देखिन थालेको छ । त्यही भएर सबैतिर कुटाकुट हुने दाबी काँग्रेसका नेताले गर्न थालेका छन् । देउवाले पौडेल र सिटौला पक्षलाई केही नरम बनाउनका लागि महाधिवेंशनको मूल कार्यातालिकामा फेरबदल नगरीबीचको समयलाई मिलाइएको छ । यसले पौडेले र सिटौला समूहले आफूहरुको जित भएको दाबी गरेको छ । त्यसलाई देउवा पक्ष सहजै स्वीकार गर्ने अवस्थामा छै्रन । त्यही भएर दुबै पक्षबीच कुटाकुट गरेरै आफ्नो शक्ति देखाउने देखिन्छ । आन्तरिक रुपमै काँग्रेसका कार्यकर्ता भिड्न थालेपछ अरु पार्टीका नेता र कार्यकर्ता झगडाका लागि आवश्यक छैन भन्ने देखाएको छ । भित्र सहमति गरे पनि बाहिर झगडाको तमासा देखाएको काँग्रेसले पार्टी संगठनको अन्तरिम संरचनाको समायोजन पश्चात् क्रियाशील सदस्यता वितरण÷नविकरण गरी पार्टीको विधान र नियमावली अनुसारका आवश्यक प्रक्रिया पु¥याई पार्टीका मातहत निकायका अधिवेंशन र चौधौं महाधिवेंशन सम्पन्न गर्नको लागि कार्यतालिका परिमार्जन गरेको छ । नेपाली काँग्रेसका अनुसार पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने अवधी २०७६ माघ मसान्तभित्रको दिईएको छ । त्यस्तै विधानले तोकेको कार्यविधी बमोजिम प्रतिनिधीसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधी २०७६ फाल्गुणदेखि २०७६ चैत्र मसान्तसम्म गर्ने निर्णय गरेको छ ।

काँग्रेसकाअनुसार प्रतिनिधीसभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधी २०७७ बैंशाख मसान्तभित्र तोकिएको छ । नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नविकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधी २०७७ जेष्ठ १५ गतेभित्र तोकिएको छ । उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले निर्णय गरी सक्नुपर्ने अवधी २०७७ जेष्ठ मसान्तभित्र तोकिएको छ भने क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा उजुरी÷पुनरावेदन दिई सक्नुपर्ने अवधी २०७७ असार १५ गतेभित्र निश्चित गरिएको छ । काँग्रेसकाअनुसार उजुरी÷पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिले निर्णय गरी सक्नुपर्ने अवधी २०७७ श्रावण १५ गतेभित्र रहेको छ ।

नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नविकरणको नामावलीको अन्तिम सूची तयार गरी छानबिन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नुपर्ने अवधी २०७७ श्रावण २५ गतेभित्र र केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधी २०७७ श्रावण मसान्तभित्र गर्नुपर्नेछ । काँग्रेससले गाउँ/नगर वडा अधिवेंशन २०७७ कात्र्तिक १६ गते, गाउँ÷नगरपालिका अधिवेंशन २०७७ कात्र्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेंशन २०७७ कात्र्तिक २१ गते, प्रतिनिधीसभा क्षेत्रीय अधिवेंशन/एक मात्र प्रतिनिधीसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेंशन २०७७ कात्र्तिक २३ गते, एक भन्दा बढी प्रतिनिधीसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेंशन २०७७ कात्र्तिक २५ गते, प्रदेश अधिवेंशन २०७७ मंसिर २९ गते गर्ने निर्णय गरेको छ । काँग्रेसको निर्णय अनुसार रसुवाको अधिवेंशन कात्तिक २३ गते र नुवाकोट तथा धादिङ्गको अधिवेंशन कात्तिक २५ गते हुनेछ ।

यस्तै, केन्द्रीय महाधिवेंशन : २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौंमा हुनेछ । उक्त मिति देउवाको बहुमत केन्द्रीय कार्यसमितिले पनि पारित गरेको थियो । नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (८) (ङ) बमोजिम गठन हुने “क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति”ले गर्ने कार्य सम्पादन गर्नका लागि विधानको धारा २२ (७) बमोजिम सात सदस्यीय क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने निर्णय काँग्रेसले गरेको छ । समितिले विधानको धारा ४ (८) (घ) र (ङ) बमोजिमको कार्य तोकिए बमोजिमको अवधिभित्र सम्पन्न गर्नेछ । सभापतिले समितिका संयोजक र सदस्यको मनोनयन आवश्यक परामर्श गरी गर्ने निर्णय पनि काँग्रेसले गरेको छ ।