न्यानो कपडा वितरण

विदुर, बेलकोटगढी नगरपालिका वडा नं. ८ जिलिङमा रहेको जनशक्ति कृषि सहकारी सँस्थाले जेष्ठ नागरिक शेयर सदस्यलाई न्यानो कपडा उपलब्ध गराएको छ ।

गत असोज २० मा भएको सहकारीको सातौं वार्षिक साधारणसभाले गरेको निर्णयानुसार सहकारीको उपाध्यक्ष अजुर्नप्रसाद घिमिरेमार्फत सहकारीमा आवद्ध रहनुभएका ६० वर्ष उमेर पूरा भएका १७ जना जेष्ठ नागरिकलाई सहकारीको कार्यालय पाचखलेबाट न्यानो कपडाको रुपमा एक–एक थान कब्बल बितरण गरिएको सहकारीका ब्यवस्थापक गुरुप्रसाद नेपालले जानकारी दिनुभयो ।

उहाँकोअनुसार सहकारीमा आबद्ध भएका ३ सय १० भन्दा बढी शेयर सदस्यको परिवारमा रहेका ६० वर्ष उमेर माथीका जेष्ठ नागरिकलाई चिसो मौसममा न्यानो कपडा सहकारीमार्फत उपलब्ध गराउने कार्यक्रमअनुसार ९२ वर्ष उमेरको खङ्गकुमारी नेपाल सहित १७ जनालाई कम्बल वितरण गरिएको थियो ।

साविक जिलिङ गाविसभर कार्यक्षेत्र रहेको सहकारीले स्थापनाको सातांै वर्षसम्मको अवधिमा सहकारीमा आबद्ध भएका शेयरसदस्यलाई बचत संकलन तथा ऋण प्रवाह, कृषि मलखाद्य, बिऊ–बिजन, कृषि सामाग्रि, तालिम लगायतको सेवा दिदै आएको अध्यक्ष राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।