पुस्तकालय भवन उद्घाटन

– रामहरि न्यौपाने
विदुर, दुप्चेश्वर गाँउपालिका वडा नं. ३ राउतवेशीमा रहेको कौकेश्वरी माध्यामिक विद्यालयमा निर्माण गरिएको पुस्तकालय भवनको उद्घाटन भएको छ ।

कौकेश्वरि माबिको नबनिर्मित १२ कोठे विद्यालय भबन र अभिभावक सम्मेलनको उद्घाटन पूर्व शिक्षामन्त्री तथा नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसी र विद्यलयमा निर्माण गरिएको यसोदादेवी भगवानसिंह केसी मेमोरियल पुस्तकालयको काँग्रेस जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले उद्घाटन गर्नुभएको थियो ।

साविकको जिल्ला शिक्षा कार्यालय एंव स्थानीय निकायको बजेटमा निर्माण गरिएको १२ कोठे भवन निर्माणको लागी करीब ७५ लाख रुपैयाँ लगानी भएको छ भने पुस्तकालयको लागि यसोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टको करीब २५ लाख लगानीमा निर्माण गरिएको हो । गत बिहीबार आयोजित भवन उद्घाटन तथा ब्यवस्थापन समिति गठनमा ट्रष्टले तीन थान कम्युटर पनि उपलब्ध गराएको विद्यालयका प्रधानध्यापक बासुदेब खनालले जानकारी दिनुभयो । उहाँको अनुसार गत बिहीबार भएको अभिभावकको भेलाले नयाँ ब्यवस्थापन समिति चयन गरेर त्यस पछि बसेको पहिलो बैठकले वडाध्यक्ष धुव्रकर केसी नै पुनः अध्यक्षमा चयन भएका छन् ।

समितिको सदस्यमा गोकर्ण थापा, रामकुमार थापा, गोमा थापा, जानुनका थापा, रामहरि केसी र गोमा केसी रहनुभएको छ । रुपबहादुर तामाङको संयोजकत्वमा ११ सदस्य रहेको शिक्षक–अभिभावक संघ समेत गठन गरिएको छ ।
कार्यक्रममा काँग्रेस नेता एंव पूर्व मन्त्री अर्जुननरसिंह केसी, जिल्ला सभापति जगदिश्वरनरसिंह केसी, ट्रष्टका अध्यक्ष डाक्टर केदारनरसिंह केसी, गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङलगायतले सो कार्यक्रममा सम्बोधन गर्नुभएको थियो । विद्यालयमा अहिले ४ सय २५ भन्दा बढी विद्यार्थी भएकाले कक्षाकोठाको अझै अपुग भएको प्रधानध्यापक खनालले बताउनुभयो । विद्यालयले आगामी शैक्षिकसत्रदेखि कम्युटर माध्यममा अध्यापन गराउन लागेकाले थप कम्प्युटरको लागि दाता गुहारीरहेको छ ।