विरक्तीएका प्रेम र ताम्सालीङको रोदन

  • नारायण नेपाल

नेपाली समाजमा भन्ने गरिन्छ काँगेस बिग्रे कुहिएको गुन्द्रुक हुन्छ, जो धोई पखाली प्रयोग गरिन्छ तर कम्युनिष्ट बिग्रे कुहिएको अण्डा हुन्छ, जो केही काम लाग्दैन तर उनी चाँही कुहिएको फर्सी जस्तो देखिन्छ । तर त्यो फर्सीको बियाँ चाँही सकुसल हुन पनि सक्छ । समर यात्राका क्रान्ती चेतहरु फेरी अंकुराउन सक्ला त हिमाली पाखाहरुमा ?त्यो स्वप्निल सपनाहरु किन नदेख्न ? तर रसुवा कालिकास्थानको काँग्रेसी जनसभामा हराएको प्रेम तामाङ ल्होसारमा जातिवादको फेरो समातेर टुडिखेलमा देखा परेको छन् । मध्ये नेपालको बहस केही तातेको थियो पछिल्लो समय त्यो हो ३ नम्बर प्रदेश राजधानीको सबाल र नामाकरणको सबाल । यही सबालको चर्चा सेलाए पनि अझै केही बाछिटा सामाजिक सञ्जालतिर भेटिन्छ । त्यही बारेमा आफ्नो विचार पोख्दै छु ।

प्रदेश नं.३ को राजधानी सबाल चर्को भयो नुवाकोटलाई प्रदेश राजधानी बनाउने कि नबनाउने भन्ने बहस चल्यो कमरेडहरूलाई हेटौंडा राजधानीसँगै मन्त्रीको झण्डा हल्लाउने सपना नखाउँ भने–भने दिन भरीको शिकार खाँउ भने आफ्नै बाउको अनुहार भने झैं छ यतिबेला । नुवाकोटलाई राजधानी बनाउने बहस गर्ने विद्धानहरुको कार्यपत्र र भिडियो त एक मेलो भोट बटुल्ने भाडो भयो बाँकी सुरक्षित गर्ने काम युटुवको । नेताले अाँखामा धुलो हालेपछि विद्धानको केही लाग्दैन । नुवाकोटलाई किन प्रदेशको राजधानी चाहियो । इतिहासमा आज भन्दा २ सय ७५ वर्ष अघि र यो देशको २३ वर्ष १८०१ देखि १८२५ सम्म राजधानी भएको थियो । राजधानी सरेपछि पनि ब्यापार र चहलपहल कमि नहोेस् भनेर अनेक जात्रा पर्व र मेलाहरुको प्रबन्ध गरेका थिए तत्कालिन शासकहरुले तर यो बेला चिनियाँ रेल र छहरेको सुरुङ देखाएर जग्गा दलाली गर्दैछन् नेताहरु । अझै राजधानीको घोषणा गराउन जग्गा दलाललाई केटाकेटीको दशैं जस्तो चहल–पहल त कम्ती रमाइलो थिएन । जे होस् समयमै हेटौंडालाई राजधानी टुङ्गिाइयो । यो बहससगै चल्यो नामाकरण बहस । त्यसमा नेवा ताम्सालिङको विकल्पबारे एकल बक्ता बने प्रेम तामाङ र एक सर्मथक पनि पाएनन् । उनको भाषण सामाजीक सञ्जालमा चर्चित भयो । ताम्सालिङ नभएपछि धेरै मान्छेहरु निन्द्राबाट ब्युझिएका छन् । कतिपय चाँही हिजोको दुःख खेर गयो भन्दै विरक्तीएका छन् । हिजो जनयुद्धताका चर्चित गित थियो । अझै गुन्जी रहेछ जनमनमा । उत्पिडीत समुदायको अधिकारको खातिर ।

रेन्गो ज्यो ज्यो आले नाना आङा रेन्गो
ह्याङला ह्युल्सा ताम्सालीङ सेन्वा आरे रेन्गो
………………………………………………
गोलिला आहिन् बोलीला आवाज दिक्खेन तातोजि
वाले सलामा गणतन्त्रला ताम्सालीङ बेनन् तामाङला् ।

यी र यस्ता गित गाउने नाच्ने र लडने भिडनेहरु त यतिबेला श्रम पसिना बेच्न तल्लिन होलान् तर लडाउने भिडाउनेले चाँही रग बद्लेका छन् । ताम्सालिङ के हो र किन भयो अनेकौं धारणा छ । तथ्यहरु छ, बहस जारी छ । तामाङ भाषालाई आधार मानेर हेर्दा सामान्यतया ता भन्नाले घोडा र मङ भन्नाले घोडचडी घोडा चढने मान्छे भन्ने अर्थ लाग्छ । लिङ भनेको भुमी अर्थ जग्गा हो । यो अर्थले हेर्दा घोडचडीहरु राज चलेको स्थान भन्ने बुझिन्छ । अर्थात् दक्षिणमा सोमेश्वरगढीदेखि उत्तरमा रसुवागढीभित्रको यो भुमीलाई आधार मान्ने हो भने बाल्मीकी आश्रम छेउको ताम्सा खोलाको नाम चाँही किन भयो होला ताम्सा भन्ने ? रामायणको कथा र यो स्थानका नामको तदम्यताको लेखाजोखा गर्ने जिम्मा इतिहासकारको । पद्यमरत्न तुलाधार हुन कम्युनिष्ट राजनीतिमा जातिवाद मिसाउने योद्धा, निर्मल लामा र पुष्पलालले नबोकेको अन्धजातिवादको नारा कस्ले किन छिरायो कम्युनिष्ट आन्दोलनमा यो बहसको पाटो हो । स्वयम् नेकपा माओवादी नै तामाङ स्वायत प्रदेशको नाराबाट ताम्सालिङमा कहिले किन पुग्यो दस्ताबेजमा उल्लेख नै छैन अझै संघियताबारे प्रष्ट बहस नै केही भएको थियो । ताम्सालिङ राज्य समिती भनेर पार्टी कार्यलय समेत चलाउन नसंक्नेहरुले राजधानी कार्यालय राख्न परेपछि होला कहिले पुर्व र पश्चिम ताम्सालिङको विभाजन त कहिले नेवा ः ताम्सालिङको नारा दिएको पनि शहरतिर जम्न ।

ताम्सालिङको आवाज पछिल्लो समय बलसाली रुपमा उठेको जनयुद्धको बलमा नै हो । जब त्यो जनयुद्धको बल र आर्दश ढल्यो, तब ताम्सालिङ देखाई खाने तर्साइ खाने भाडो, एनजीओवाद र जातिवादमा रुम्मलीयो सत्य यही हो । जनयुद्धको सपना बेचियो भन्ने बन्दी माईला लामा बारे चुक्क नबोल्नेहरु भोट बटुल्न ताम्सालिङको नारा अलाप्दैछन् । आज नाम देखाएर भावनात्कताको ब्यापार गर्नेहरु कम छैन चे ग्वेभाराको हत्या गर्दै सपनाबन्दी राखेर फोटो अंकित टिर्सट बेच्ने पुँजीवादी नाइकेहरु जस्तै छन् । आजका ताम्सालिङका रोदन लागाउनेहरुको चरित्र पनि । नाम राखेर भन्दा काम गरेर देखाउन पर्ने बेला थियो दुई तिहाई बालासँग तर १० प्रतिशत मात्रै पनि कम्युनिष्ट चरित्र होइन जनपक्षिय खालको काम गर्ने हो भने यो देशमा जनताले अनुभुती गर्ने गरी केही हुन्थो तर यिनीहरुबाट हुने बाला छैन ।

आज यो ब्यवस्थामा ताम्सालीङ भएपनि लुटिने बेचिने गरिव कै सन्तान हो । वर्गीय समाजमा सत्ताको त आखिर वर्ग चरित्र हुन्छ नी हो त्यो नबदलीएसम्म संसार बदल्न हिंडेका आफै बदलिएर दुनियालाई भ्रम छर्नु कुनै तुक छैन । ताम्सालिङका एकल यात्री योद्धा बन्ने प्रेमले संसारले मानेका विद्धान डाक्टरलाई बेच्न सक्ने गरिव सुकुम्बासीको छोरोले आज हेटौंडामा खसालेको आशु त आहारा खादा झर्ने गोहीको आशु जस्तै हो । काँग्रेस सभापति शेरबहादुरलाई समेत एक खेप झुक्याउन सफल उनले बाँकी काँग्रेसलाई कति झुक्याउलान् त्यो हेर्नै बाँकी छ । तर लहरेपौंवामा टाउको फुटेको बालचन्द्र पौडेलले कुन मनले जय नेपाल गर्लान् कि गए नेपाल होला चैते काँग्रेसको पहिरोले मिचेर बेत्रावतीको गोरु जुधाई भन्दा रमाइलो होला कि ? बालचन्द्रको रगत पसिना र त्रिशूलीको पनि त कति बग्यो सकियो त्यो लेखा जोखा छैन तर यो कहानीको साक्षी आज सुर्यगढी र मैलुङको पहाड चाँही छ है ।

त्यो भाषणमा उनले शहिद परिवार र तामाङमा भावनात्मक रुपमा खेल्ने गफ दिए एकपटक भोट माग्न र झुक्याउन आउने खेलोमेलेको राजनीति गरे र एक अलाप गरे । जनयुद्धको आर्दशबाट विरक्तीएकाहरुले राजनीतिरुपमा जनयुद्धको वर्ग दुश्मनसँग अङ्गालो हालेर रुद्र पाख्रिन र दिलमायाको नाम लिनु जतिको घृणित कार्य के होला ? जब वर्गीय आन्दोलन कमजोर हुन्छ, कहाँ उत्पीडीत समुदायले अधिकार माग्ने आन्दोलन कहा सफल होला र ? जातिय समस्याहरु समाधान र उत्पीडित समुदायले कहिले पाउँला र अधिकार यो देशमा ? जनयुद्ध नभएको भए तामाङ स्वायत्त प्रदेशदेखि ताम्सालिङ राज्यसम्मको नारामा माओवादी नआएको भए के हुन्थे होला हितबहादुर, प्रेमबहादुर र राधिका म्याडम, सुन, चामलका भरिया कि अरु केही ? जनयुद्धको जनआधार र धरातलबाट धनयुद्धको उडान भरेकाको बैठान जातिवादको फेरो समाउने एक काईदाको राजनीति हो । तर यो बेला प्रेमलाई पोलेको ताम्सालिङको रोदनले हितबहादुर र राधिका चाँही किन रमिते बनेको होला ? त्यो राजनीति नदेखेर फेसबुकमा शेयर गरेर आनन्द लिनेहरुको चाँही मुतको न्यानो मात्रै हो । सम्वृद्धि आफ्नै पालामा भन्दै नयाँ अभियानमा रसुवा र गोर्खामा २ सिट देशैभरबाट काँग्रेसको निगाहले डा.बाबुरामलाई झुक्याउनु र टिकट मोहनलाई दिलाउन सक्नु चनचुने चुनौती थिएन । रसुवाको कालिकास्थानमा काँग्रेसलाई प्रबेशसभा राख्न लगाएर उचालेको खुटा किन रोकियो कमरेड ? संसारमा बौद्धिक कहलिएका डा.बाबुराम बेच्ने गरिवको छोराले सोझा रैतीलाई कति बेच्यो होला बेला आएपछि हिसाब किताब होला पक्कै ? सम्वृद्धि देखाएर शेयर बेच्नेहरु बोनस् बाड्नपर्ने बेला साँवा खाईदिने धम्की दिएर भोट लुट्छन् । हिजो लेनिनले भनेका थिए यो संसद खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भनेर तर लेनिन रसुवामा भएको भए भन्ने थिए होला ढुंगा बेचेर टिकट किन्ने र टिकट बेचेर भोट किन्ने थलो । त्यसैले आज वर्गभित्र जाती खोज्ने कि जातिभित्र पनि वर्ग कमरेडहरु कता रुम्मलिंदै छन् ? हिजोका ललितमान घलेदेखि आजका प्रेमसम्म नेता र अबसर नपाएको हो र ? अबका ताम्सालीङ पनि ल्याह्रकल लामा र अर्बपति ईच्छाराजहरुलाई मात्रै हो हाम्रो मैच्याङ र च्याङबाहरु पसिना बेच्न संसारभर भौतारिने छन् गरिवको सन्तानहरुको यथार्तता यही हो ।

प्रेम जनयुद्धमा एक आशा लाग्दो प्रतिभाका रुपमा उदाएका थिए । उनी रसुवा नुवाकोटको विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाए । जनयुद्धको विरासतबाट उदाए पनि उनी यतिबेला काँग्रेसको बुई चढेर राजनीतिक गुरु इन्द्र गौतमलाई पर्छान सफल भए स्वार्थको लागी फेरी जातिवादको अलाप गर्दैछन् । आगे के को पछारीने हुन हेर्दै जाउ । नेपाली समाजमा भन्ने गरिन्छ काँगेस बिग्रे कुहिएको गुन्द्रुक हुन्छ, जो धोई पखाली प्रयोग गरिन्छ तर कम्युनिष्ट बिग्रे कुहिएको अण्डा हुन्छ, जो केही काम लाग्दैन तर उनी चाँही कुहिएको फर्सी जस्तो देखिन्छ । तर त्यो फर्सीको बियाँ चाँही सकुसल हुन पनि सक्छ । समर यात्राका क्रान्ती चेतहरु फेरी अंकुराउन सक्ला त हिमाली पाखाहरुमा ?त्यो स्वप्निल सपनाहरु किन नदेख्न ? तर रसुवा कालिकास्थानको काँग्रेसी जनसभामा हराएको प्रेम तामाङ ल्होसारमा जातिवादको फेरो समातेर टुडिखेलमा देखा परेको छन् । तर म प्रेम होइन कमरेड प्रतिक खोजी रहेछु । क्रान्तिको प्रेममा धोका होइन वर्ग प्रेमको प्रतिक देख्न चाहन्छन् । झुपडीका हिमाली राता मान्छेहरु ।