१२ करोडको प्याज आयात

धुन्चे, रसुवा जिल्लाको रसुवागढी नाकाबाट चालू आर्थिक वर्ष ०७६/०७७ को पहिलो ६ महिनामा झण्डै १२ करोड मूल्य बराबरको प्याज नेपाल भित्र्एिको छ । गत साउनदेखि पुस मसान्तसम्ममा ११ करोड ८९ लाख ७८ हजार ३ सय ८४ रूपैयाँ मूल्य बराबरको प्याज आयात भएको रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ ।

यो अवधिमा २० लाख २ सय ३७ केजी प्याज आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । भारतबाट प्याज आयात रोकिएपछि गत असोजदेखि चीनबाट प्याज आयात शुरू भएको थियो । यसअघि यो नाकाबाट थोरै परिमाणमा मात्र प्याज आउने गरेको भएपनि पछिल्लो समय प्याजको आयात बढ्दै गएको कार्यालयले जनाएको छ ।

रसुवागढी नाकाबाट असोजअघि लसुन मात्रै आयात हुने गरेको थियो । भारतबाट प्याज आयातमा कमी आएसँगै चीनबाट आयात ब%A