हेलमेट वितरण

विदुर, जगदम्बा सिमेन्टले सडक दुर्घटना न्युनीकरण गर्न नुवाकोट जिल्लाको विदुरमा शुक्रबार मोटरसाईकल र स्कुटर चालकलाई हेलमेट वितरण गरेको छ ।

सानो असवाधनीले सडक दुर्घटनाबाट वर्षेनी ठुलो घनजनको क्षति भईरहेको परिपक्षमा जगदम्बा सिमेन्टले सचेतनाको लागि सामाजिक उत्तरदायित्व बहन गर्दै हेलमेट वितरण गरेको हो । ‘‘तपाईको जीवन सुरक्षामा साथ छ जगदम्बा सिमेन्टको’’ भन्ने मूल नाराको साथ ट्राफिक प्रहरी कार्यालय नुवाकोटको सहकार्य र समन्वयमा हेलमेट वितरण गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश थापाले विदुरमा १ सय ५० वटा हेलमेट जगदम्बा सिमेण्टका कर्मचारीको रोहवरमा मोटरसाईकल तथा स्कुटरका पछाडी बस्नेलाई हेलमेट लगाई दिंदै सुरक्षित यात्राको लागि सचेत गर्नुभएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव निरीक्षक विकल भट्टराईले मोटरसाईकल तथा स्कुटरको चालक र पछाडी बस्नेले अनिवार्य रूपमा हेलमेट प्रयोग गर्न सो अवसरमा आग्रह गर्नुभएको थियो । जगदम्बा सिमेण्टका उप–महाप्रबन्धक रोशन पाठकले विरगञ्जको घण्टाघर, पथलैया, भैरहवा र बुटवलमा समेत हेलमेट वितरण गरेको बताउनु भयो । सामाजिक उत्तरदायित्व बहन गर्दै देशब्यापी हेलमेट वितरण अभियान सञ्चालन गरिरहेको जानकारी दिंदै सामाजिक कार्यमा जगदम्बा सिमेण्ट सदैव तत्पर रहेको बताउनु भयो ।