पे्रश युनियनको अध्यक्षमा कोईराला

धुन्चे, नेपाली कांगे्रस निकट नेपाल पे्रश युनियन रसुवाको लहरेपांैवामा आईतबार सम्पन्न तेस्रो जिल्ला अधिवेंशनले नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत् चयन गरेकोे छ ।

जिल्ला अधिवेंशनले नेपाल टेलिभिजन रसुवाका संवाददाता सुशिल कोईरालाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्वत् चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा शशिकुमार डङ्गोल, महिला उपाध्यक्षमा झरना नेपाली, सचिवमा आशिष तामाङ, सह–सचिवमा सङ्गीता तामाङ र कोषाध्यक्षमा सुवास घिमिरे रहनुभएको छ । अन्य सदस्यमा सन्तोषी तामाङ, रक्षा न्यौपाने, पुरुषोत्तम पौडेल, साधुराम सापकोटा र सन्दिप पौडेल रहेका छन् ।

आगामी चैत्र २१ र २२ गते नेपालगञ्जमा हुने नवौं केन्द्रिय महाअधिवेंशनका लागि पाँच केन्द्रिय प्रतिनिधी र प्रदेश प्रतिनिधीका लागि ६ जना समेत सर्वसम्वत् चयन भएका छन् । कृष्ण थापाको अध्यक्षतामा सम्पन्न तेस्रो अधिवेंशनको उद्घाटन सत्रमा शुभकामना दिंदै रसुवाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद मोहन आर्चायले पे्रश तथा अभिब्यक्ति स्वतन्त्रताको पक्षमा आफू निरन्तर अग्र मोर्चामा रहेको उल्लेख गर्दै राज्यको चौथों अङ्गमा रहेका पत्रकार जगतले सहि सूचनामा आधारित सत्य तथ्य समाचार निरन्तर सम्प्रेशण गर्न सुझाव दिनुभयो ।

नव निर्वाचित पदाधिकारीलाई पे्रश युनियनका महासचिव अजयबावु शिवाकोटी र केन्द्रिय प्रतिनिधी प्रदिप चापागाईले टिका र खादा लगाई स्वागत गर्दै संस्थागत हक हितको संरक्षण र पत्रकारको भुमिका निर्वाह गर्न सफल रहोस् भनि शुभकामना दिनुभएको थियो । अधिवेंशन उद्घाटन सत्रमा नेपाली कांग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङ, उत्तरगया गाउँपालिका अध्यक्ष उपेन्द्र लम्साल, नेपाली कांग्रेस जिल्ला सदस्य उत्तम थापा, महिला सञ्जाल रसुवाकी अध्यक्ष सुनिता गुरुङ र पे्रश संगठन रसुवाका संयोजक बलराम घिमिरेलगायतले अधिवेंशन सफलताको शुभकामना दिनुभएको थियो ।