रसुवाको गाउँ–गाउँमा मोटर सरर्र ………

– सरस्वती न्यौपाने

धुन्चे, राजधानीको नजिक रहेतापनि भौगोलिक विकट मानिएको रसुवा जिल्लाका गाउँ–गाउँमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारको सहयोगमा धमाधम मोटरबाटो निर्माण हुन थालेपछि जिल्लाबासीले सुगम जिल्ला सरहको अनुभूति गर्न थालेका छन् ।

पर्यटकीय क्षेत्रको रुपमा मानिएको लाङटाङ बाहेक रसुवामा कायम भएका स्थानीयतहको २७ वडामध्ये २६ वटा वडाको गाउँ, टोलसम्म सडक सञ्जाल जोडेका कारण स्थानीयबासीलाई आवत–जावतमा सहजता भएको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताउनु भयो । गाउँका दुरदराजसम्म यातायातको पहुँच पु¥याई सबै प्रकारका सेवा स्थानीयतहमै दिने वर्तमान सरकारको नीति अनुरुप स्थानीयतहले गरेका विकास निर्माणको काम द्रुतरुपमा अगाडी बढिरहेको र संविधान कार्यान्वयन अन्र्तगत सिंहदरवारको अधिकार स्थानीयतहमै आएको आभास गाउँबासीले महशुस गर्न थालिसकेको जिल्ला समन्वय प्रमुख भट्टले जानकारी दिनुभयो ।

गाउँबासीलाई हरेक कुराको सुविधा पु¥याउन तत्कालिन एमालेको सरकारले ‘आफ्नो गाउँ आफै बनाऔं’ भन्ने जुन अभियान चलाएको थियो त्यही मुलमन्त्र अनुरुप आज नेकपाको सरकारले रसुवा जिल्लामा गरेका समग्र विकास क्रमिक रुपले अगाडी बढिरहेको जानकारी दिंदै प्रमुख भट्टले विकास निमार्ण द्रुत रुपमा अगाडी बढाउन आफूले समन्वयकारी भुमिका निर्वाह गरिरहेको बताउनु भयो ।स्थानीयतह अन्र्तगत नौकुण्ड गाउँपालिकामार्पmत यार्सा तथा सरमथलीका क्षेत्रमा ६४ किलोमिटर गाउँले सडक निमार्ण भई मोटर गुड्न थालेको गाउँपालिकाका अध्यक्ष नुर्पुसाङ्वो घलेले बताउनु भयो ।

रसुवा जिल्लाकै ईतिहासमा यार्सा क्षेत्र दूर दराजमा थियो । स्थानीय सरकार गठन भएपछि दु्रत रुपमा विकास निर्माण भएको गाउँले सडकले उकाली ओराली असहज गोरेटो बाटो हिड्न र डोको नाम्लो बोक्न छाडेको, दुःखको दिन सकिएको लाङवु गाउँका समाजसेवी छेसाङदावा तामाङले बताउनु भयो ।गाउँले सडक निर्माण भएपछि सवारी साधानबाट खाद्य सामाग्री बोक्न थालिएको र गाउँका मानिस बिरामी पर्दा एम्बुलेन्स बोलाई अस्पताल जान आउन सुविधा पुगेको छ । यार्सा क्षेत्र धेरै विकट भएका कारण जनताको माग र चाहना अनुरुप स्थानीय सरकार गठन भए लगत्तै सडक निर्माण कार्यलाई पहिलो प्राथमिकता दिई गाउँ–गाउँमा सडक सञ्जाल जोडीसकेको र दोस्रो चरण अन्र्तगत ठाँडो खोलामा पक्की पुल निर्माणको प्रक्रिया अगाडि बढाई सकिएको नौकुण्ड गाउँपालिकाका अध्यक्ष घलेले बताउनु भयो ।

सदरमुकाम धुन्चेको नजिक रहे पनि विकास कार्यमा पछाडी परेको हाकु क्षेत्रमा पहिलो पटक सडक निर्माण सम्पन्न भएर सवारीका साधान आवत–जावत गर्न थालेको छ । पहिलो चरणमा करिब ७ सय घर परिवारलाई यातायातको सुविधा प्रदान गर्ने उद्देश्यले हाकुवेंशीदेखि ठुलो हाकुसम्म निर्माण भएको सडक अन्र्तगत हाकुवेंशीको त्रिशूली नदिमा पक्कीपुल निर्माण गराउने प्रक्रिया अगाडी बढिरहेको आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङले जानकारी दिनुभयो ।

वि.सं.२०४२ सालमा नुवाकोटको त्रिशूलीदेखि बेत्रावती, कालिकास्थान, राम्चे, धुुन्चे, भार्खु, स्याफ्रुवेंशी, गोल्जुङ, गतलाङ हुँदै सोम्दाङसम्म नेपाली सेनाबाट १ सय ५ किलोमिटर सडक निर्माण भएपनि गाउँमा शाखा सडक बिस्तार हुन नसकेको अवस्थामा स्थानीय सरकार गठन पश्चात् गरिएका सडक निर्माणले गाउँको मुहार फेरिंदै गएको नागरिक समाज रसुवाका अध्यक्ष बावुलाल तामाङले बताउनु भयो ।

उत्तरगया गाउँपालिका अन्तर्रगत डाडागाउँ तथा ठुलोगाउँ, कालिका गाउँपालिकाको राम्चे पलेप, मनीगाउँ, ढुङ्गे तथा गोसाइँकुण्ड गाउँपालिकाको लाङटाङ बाहेक अन्य क्षेत्रका वडाका वस्तीमा सडक सञ्जाल जोडीसकेको प्रतिनिधीसभा सदस्य (सांसद्) मोहन आचार्यले बताउनु भयो । संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा रसुवामा विकास निर्माणको गति अहिले तिव्र रूपमा अगाडी बढिरहेको छ । लाङटाङतर्पm भने नेपालको दोस्रो पर्यटकीय पदमार्ग भएका कारण थाङसापसम्म मात्र मोटरबाटो निर्माण गर्ने कार्य योजना बनेको समेत सांसद् मोहन आचार्यले जानकारी दिनुभयो ।