मेन्दोको आशुको कथा, नुवाकोटेको कालो टिका

– नारायण नेपाल

टिरिङ–टिरिङ…, मोबाइलको घण्टी बज्यो । सडकको चर्को आवाजलाई छेड्दै एक्कासी बजेको मोबाइलको घण्टीले मेरो यात्रालाई क्रमभंगता गरिदियो । एउटा मलिन स्वर, आश र त्रास मिश्रित आवाजमा भनिरहेकी थिइन्, सर… थाहा पाउनु भयो नि, उच्च अदालतको फैसला । यति बोलेपछि, मैले त्यो स्वरलाई चिने । ती महिला, नुवाकोटमा महिला बेचबिखन विरुद्ध अभियान चलाउने, बेचिएका महिलालाई उद्धार गर्न आफ्नो जिन्दगीको दुई दशक ब्यथित गरेकी अभियान्ता थिइन् । सायद उनको स्वरमा झल्किएको त्रास त्यही फैसलाले पैदा गरेको हो । बेचबिखन विरुद्धको अभियान्ताको यो हालत देखेर म त्यो समाजको कल्पना कसरी गरौँ ? जसले महिलालाई किनबेचको सामानको रूपमा होइन, मानवीय संवेदनामा हेरोस्, उसका रगत र शरीरको मोलमोलाई साट्न होइन आत्म सम्मानपूर्वक बाँच्ने पाउने अवस्था रहोस् । सर मैले तपाई मेरो मामाको छोरा राजेन्द्र थापा हो भनेकी छु । यति छिटो, गोप्य र रहस्यमय रुपमा भेट्नपर्ने कुनै भुमिगत पार्टीको नेता जस्तो थिइन् बम्बैमा बेचिएकी एक चेली मेन्दो । मेन्दो आज काठमाडौं आउँदै छिन् ।

रस–रंग उडेको त्यो मलिन अनुहार । गोरो वर्ण । पातलो जिउडाल । रातो सलले केही अनुहार बेरिएकी ती महिला एकजोर चप्पलमाथि उभिएकी थिइन् । अर्ध चिनारीसहित अनुहार ढाकेर होइन, खुलेर हिंडडूल गर्न मेन्दोलाई पनि पक्कै मन हुँदो हो तर उनी यहाँ आफुलाई लुकाउन बाध्य छिन् । त्यसभित्र उनको । लालबहादुर चाँही खुसी भएर भने ए को भनेको त हाम्रै साथी पो रहेछन् । उनले तामाङ भाषामै मेन्दोलाई भने, फरक पर्दैन उहाँ लेखक पत्रकार हो कुरा भन्दा हुन्छ । अनि उनले भने ल जाउ कतै बसेर कुरा गरांै । त्यसपछि हामी माछापोखरीको एक गेष्ट हाउसतिर लाग्यांै । त्यहाँ थिए नेपाली बृत्तचित्रका एक अब्बल सम्पादक दाजु लव प्याकुरेल, उनलाई मैले यो संकेत गरेको थिए । नुवाकोट जिल्लाको निधारमा लागेको छोरी बेच्ने कलङ्कको कालो दाग मेटाउन एक अभियान चलाउने हाम्रो संकल्प थियो । उनी अर्ध पहिचानमा थिइन, हाम्रो क्यामराको सामु । हाम्रो जिज्ञासाले उनको भावनामा चोट लाग्ला कि भन्ने उत्तिकै चिन्ता थियो । फेरी उनको बास्तविक कथा उनकै शब्दमा सुन्ने र कैद गर्ने र दुनियालाई देखाउने र सुनाउने सोच पनि थियो हाम्रो । उनी तयार भईन् । उनको न्यायको अभियानमा सहयोग जुटाउने हाम्रो अभिप्राय थियो । बिस्तारै उनी आफ्नो जिवन कहानी खुलस्त सुनाउन थालिन् ।

मेन्दो अहिले २४ वर्षको भईन् । नुवाकोटको साविको घ्याङफेंदी गा.वि.स.को शिषिपु गाउँ उनको जन्म घर । अहिले दुई सन्तानका आमा बनिसकेकी थिइन् । तेस्रो सन्तान गर्भमा लिएर गर्भ परिक्षणको लागि राजधानी आएकी थिइन् । छापामार शैलीमा । उनको लागि मरेको न्यायले गर्भमा भएको सन्तान पनि कतै भोली बेचिने त होईन ? यही प्रश्न उब्जिरहेको थियो । उनको जीवनका सास्ती र पिडा जस्तै त्यो गर्भे सन्तानले भोग्न नपरोस्, त्यही थियो उनको न्यायको संग्राममा उभिनुको अभिलाषा । १३ वर्षको कलिलो उमेरमा बेचिएकी थिइन् उनी । गाउँको चलन थियो तानेर विवाह गर्ने । त्यसैगरी गाउँकै टिकारामले उनलाई तानेर विवाह गरी केही समयपछि काठमाडांै घुम्न जाउ भनेर लगेको थियो । त्यसपछि उनलाई श्रीमानले नै त्यो मान्छे मेरो काका हो, ऊसँंग घुम्न जाऊ, राम्रो काम र दाम पाउँछ भनेर पठाएको थियो । त्यो मान्छेले उनलाई बम्बै लगेको थियो । तर उनलाई थाहा थिएन कि म बेचिदंै छु भनेर । त्यो त उनीहरुको ब्यापारी साझेदार रहेछ । यो सत्य चाँही दिल्ली पुगेपछि मात्रै थाहा भएको बताइन् मेन्दोले । नेपाली भाषा राम्रो जानेको थिईन्, त्यो बेला मलाई के थाहा र ? सात वर्ष बम्बै बसेर फर्कदा २० वर्ष भएको थिइन् मेन्दो । खै कसरी सम्झनु त्यो अत्यास लाग्दो जीवन सानो उमेरमा बेचिन पर्दा कसलाई पो रमाइलो लाग्छ र सर ? भावुक हुँदै भन्दै थिइन्, दिनमा १८ जनासम्म केटासँग सुत्न पर्दा कस्तो होला ? कल्पना गर्नुहोस् त । जिउ दुख्ने, पोल्ने उतिकै थियो । रातीमा पनि एक दुई जना केटा हुन्थ्यो । सबै भन्दा पिडा छाती, पेटमा हुन्थ्यो निक्कै दुख्थ्यो । बोली नसक्किदै गहभरी आशु उम्लिंदै थियो उनको । उनी बेचिएको कोठी थियो, भारतको बान्डुप भन्ने स्थानमा । त्यो कति नम्बर हो त मेन्दोलाई सम्झना छैन तर नेपाली छोरी धेरै थिए त्यहाँ । उनलाई त नौ महिनापछि दिल्लीको चौसठी भन्ने कोठीमा पठाईयो । उनी भन्दै थिइन्, त्यो राधा भन्ने केटीले हो नि हामीलाई त्यहाँ लागेको । उनीलाई सुनबहादुरले बेचेको रहेछ त्यहाँ । उनले धेरै तामाङ चेली भेटेकी थिइन् त्यहाँ । उनको किटानी थियो सुनबहादुर भन्नेले केटी बेच्ने रहेछ । त्यही राधाको हातमा बेचेको हो उसले मलाई । उनले पहिला सुनबहादुरलाई चिनेकी थिइन । पछि–पछि जब अरु केटी लिएर उनी त्यहाँ जान थाले त्यसपछि हो उनले चिनेको । उनले भनिन् मैले बम्बैमा भेटे, त्यसलाई भेटे अनी ल राम्रोसँग बस है भान्जी पो भन्दथ्यो मामा पर्छ रे हाम्रो ऊ भनेर भान्जी भन्यो, त्यसपछि त हो चिनेको मैले । कामको लागि बम्बैमा गएका रहेछन् गाउँको युवाहरु । उनिहरु पनि बेला बखत बम्बैका कोठीमा जाने गर्दा रहेछन् । कसैले नचिन्ने गरी ग्राहक जसरी आएका थिए उनीहरु त्यहाँ । उनीहरुसँग भेटेपछि त हो उनले कोठीभित्रै लुकीलुकी मोबाइल चलाउन थालेको । उनी भन्छिन् त्यसपछि उनिहरुले नेपालको दुताबाससँग सम्पर्क गरेर मलाई काठमाडौं झिकाए । त्यो बेला सम्झेर भक्कानिंदै उनी भन्छिन्, त्यो बेला निस्केर भाग्ने प्रयास गरेपनि सफल भएन । त्यसपछि हामीलाई समातेर धेरै कुटे । यो बाहिर संसारमा आएर जिउने आस कम थियो । कसरी निस्कन सकिएला ? घाम देख्न पाए, गाउँले देख्न पाए जस्तो मात्रै हुन्थ्यो मलाई, अझै कति दिदिबहिनी त्यही कुहिएर नर्क जीवन बेथित गरिरहेका छन् । त्यहाँ बस्दा के कुरा गर्नु काम त्यस्तै हो । बम्बैबाला भएर गाउँ नआएको धेरै चेली छन् त्यहाँ । सकेसम्म कमाउने खाने, नसकेपछि कसले हेर्ला र सर ! यस्तै हो । उनका बा आमाले उनको बारेमा सोधी खोजी गरेका रहेछन् । त्यही श्रीमानले काठमाडौंमा छ, मेरो काकाको घरमा भन्दै झुक्याउने गरेछ । छोरी सम्झिएर रुदै बसेका बा–आमालाई फकाएर छोरी जागीर खाएर कमाए आउछे भन्दै थियो ऊ गाउँमा ।

जब मेन्दो घर फर्केर आईन्, तब मात्रै थाहा भयो उनी बेचिएको कुरा । गाउँ फर्किएको सात महिनापछि उनले त्यही युवासँग बिहे गरिछन् । रंग उडेको थियो उनको त्यो हाँसोमा तर हाम्रो सामु मुस्काउँदै भनिन् । मलाई त माया गर्नुहुन्छ । उहासँगै दुई सन्तान छ । एक छोरा र छोरी छ । अहिले चेकअप गरेर आऊ भनेर म यता आएको हो । उसले आँट दियो, यस्तो गरे, यस्तो हुन्छ भन्ने सिकायो अनि पो हो त मैले निवेदन गरेको । छटपटिदंै अर्कोपर्टी फर्किएर उनले भनिन् । मैले आँट गरेर पहिलो चोटी संस्थामा उजुरी हालेपछि जिल्लामा गएको थिए । दई पटक जिल्लाबाट फिर्ता गरेको थियो । मलाई धम्काएर जिल्लाको पुलिसले कसले बेच्यो र तिमीलाई भन्दै फकार्यो । त्यो कालो–कालो पुलिस थियो, अहिले त छैन होला । पछि जिल्ला प्रहरीले तेस्रो पटक जादा अदालत जाँउ भन्यो । म अदालत गए । अदालत गएपछि एकपटक मलाई जिल्ला बोलाएको थियो । त्यो बेला सुनेलाई समातेको रे छ । तर मलार्ई बाटो छेकेर घ्याङफेंदीमा चार जना केटाले लेखेर सहिछाप गर्न लगायो अनि आउन नपाउने गरी आईस् भने सिध्याउछु भन्दै धम्कयो । म त एक्लै थिए फर्केर घर गए । त्यसपछि त म अदालत आउँदा मैल यिनीहरु नै हो भनेको त अदालतले होइन भनेछ । त्यतिखेर मलाई समातेर सहिछाप गराउने कष्ण, आकाश र सुनबहादुरको छोरा कान्छो हो । उनीहरुले धम्की दियो मलार्ई घरमा पठायो । यो कागजमा सही गरेर घरमा गएर बस भन्यो । अनि म त आउन सकिन । त्यो बेला ऊ छुटेछ । पछि जिल्लाको प्रहरीले खबर गरेर बोलयो र अदालतमा पठायो उनीहरुको मान्छे थियो । म त एक्लै थियो, मैले हो भनेको होइन भनेर लेखेको रे छ, मलाई त के थाहा अक्षर देख्दैन । मैले भएको जति सबै भन्दा पनि ऊ छुटिहाल्यो त पछि । ३५ बर्ष भनेर सुन्दा खसी लागेको थियो तर के गुर्न एक वर्षमा निस्कियो । अहिले त हामीलाई मार्छु, काटछु भन्छ । मैले मेरो बुढा र देवरले उसलाई जेल हालेको भनेर हामीलाई धम्काउँदै छ । अब मैले पनि त्यही भएर त तपाईलाई भेटेर यसो कुरा बुझेर जाउ भनेर आईराको नि सर । उनीहरुको घर बाटोमा छ हिंडडुल गर्दा समेत डरलाग्छ नि एक्ली आइमाई मान्छे । डर मानी–मानी आएको हो । अब फेरी पनि त्यसलाई समातेर जेल हाल्न पर्छै सबैले सहयोग गर्नु पर्छ सर उनले भनिन् ।

अब त डराउँदिन, आँट आएको छ मलाई, त्यो मान्छेहरुलाई छाडदिन । अब फेरी म फर्केर घर जादिन, कि त मरेर फालोस् मलाई । म उनीहरुलाई उसै छोडदैन । उसले किन्न सके पनि मैले किन्न सकिन मैले न्याय पाएन । तैपनि फेरी पनि न्याय पाउला कि भन्ने आश छ । घर परिवार खेतीपाती आउन जान असजिलो छ सर जागिर पाए त काम गर्दथ्यो । यतै बसेर मुद्दा गर्न पाए राम्रो हुन्थ्यो जस्तो लाग्छ दोधार मुद्दामा उनले भनिन् । कहिले यता, कहिले उता चल्ने चटपछाउने–छटपटाउने गर्दै थिइन् । उनी यो उनको कोठी बसाईले जन्माएको पिडा रहेछ । हामी एक घण्टा उनकै कथामा भुलेछांै । कति छिट्टै बित्यो घन्टा पत्तै भएन । सयौं चेली बेचिएपनि म बेचिए भन्दै उजुरी हाल्ने अाँट कसैले गर्न सकेन । एक महिला बेचिएको शरीर लिएर अदालतको कठघरामा उभिएर बयान गर्छिन्, सञ्चार माध्यमको क्यामरा र रेर्कड सामु बोल्छिन् । उनको आर्तनादका कथा कतिको ब्यापारका लागि उत्तम मसला भए होला । कतिको राजनीतिक दाउपेचको अस्त्र भए होला तर उनले खोजेको न्याय मेरको हो त देशमा ? किन कसैले साहरा दिन सक्दैन उनलाई उनी यो न्यायको संग्राममा बेला बखत झुल्कदै गुजाराको लागि गाउ लागे कि होला ? त्यो नर्गबाट स्वर्ग आए जस्तो लागीरहेछ उनलाई अहिले । उनले जस्तो आट अरुले किन गरेन् त्यो दबाईएको कथा कोही खोज्दैन । त्यसैले त आज एक्लै छिन् । मेन्दोका परिवार बागी जस्तै गाउँलेको नजरमा । छन् त धेरै छन् नि बेचिएका चेलीहरु यी गाउँमा । बाचुन्जेल न्याय निम्ती लड्ने हो सर उनले भनिन् । त्यही थियो उनको अठोट । उनलाई चाहिएको थियो, यतिबेला सबैको सहयोग । उनको शिरमाथि घुमिरहेको आतङ्कको कालो बादल हटाएर बिहानीको लाली छाउनु थियो, उनको जीवनको सपना भन्दै थिईन् । सरको सहयोग चाहियो मलाई । म न्याय माग्न आएको हो । दृढ अठोट सहित उनले भनिन् हामी भावुक भयौं । यो निरिहताको लाजले हामीलाई आत्मग्लानी गरिरहेको छ राजधानी नाकमुनि टुकि मुनिको अध्यारोमा बाँच्न विवश जनताको अन्धकारमय जिवनका पाइलोमा आशाको दियो बाल्न कोही आउन सकेन, चाहे प्रजातान्त्रिक समाजबाद होस् कि बहुदलिय जनबाद होस् वा लोकतन्त्र आखिर न्याय हराएको जनतालाई के नै काम लाग्दो रे छ र ? १३ वर्षको कलिलो उमेरमा बम्बैको नारकिय जिवनमा धकेलिएकी चेलीको चित्कारले नपोल्ने मानव हामी नेपाली नै हौं । वेश्यालयमा बेचिएर फर्कीएकी चेली न्याय माग्न आउँदा जीवनका सप्तरङ्गी सपना सजाउदा समाज र राज्य ब्यवस्थाले तिनलाई आशा उर्जा भर्ने कि धन र बलको आडमा छल गरेर उनीहरु सधै त्रासमै बाच्ने पर्ने हो ? मेन्दो जस्तै कति चेलीहरु आजसम्म बेपत्ता छन् । हामीलाई हिसाव छैन । सम्वृद्धिको गुट्टी हाकेर हामी थाकेका छैनौं । मान्छेलाई मान्छे भएर बाच्न दिने कहिले हो हामीले ? पशु झै मान्छे किनबेच बन्द होला कहिले ? यो चाँही हामीलाई किन मतलव छैन होला ? हाम्रो गाउँबाट, हाम्रो नाउँबाट कलंकको यो कालो टिका सदाको लागि अन्य गर्ने आट अठोटमा गर्ने किन नर्गेन प्रश्न यही हो ? यो त्यही बेलाको कथा हो जतिबेला बेचबिखन विरुद्धको अभियानबाट सिएनएन हिरो बन्न सफल अनुराधा कोइराला यही ३ नं. प्रदेशको मुख्य सचिव भईन् । त्यही प्रदेशको उप–सभामुख राधिका तामाङ र संघीय संसदमा हितबहादुर तामाङ छन् । प्रेम तामाङको ताम्सालीङको रोदनले उनको आशु पुछ्न सक्दैन । इतिहास उधिनेर जातियताको विष घोल्न चाहनेले जे भनुन्, उबेला सोम्जोङ गोल्जुङ ककनीको तिन दरबार तामाङ राजाको थियो तर यो गाउँ–गाउँमा आएको सिंहदरबारमा त नुवाकोटमै आधा दर्जन राजा तामाङ नै छन् तर मेन्दोको आशु पुछ्ने योजना कसैसँगै देखिएन । तामाङको नाममा के उदाएको अस्ताए के थाहा दुनियालाई ।

उनी जस्तैको न्यायको लागि महासागरको यात्रामा भिडेर आएका हज्जारौं उत्पीडित झुपडीलाई सपना देखाएका अभियन्ता हुन् । तर मेन्दो न्याय खोज्दै भौतारिंदै छिन् । उनको आवाज बुलन्द पार्न पर्ने सरकारका उनै पहरेदार हुन् । तर किन होला उनको आशु र रोदनले पोल्दैन हामी कसैलाई ? हो त हामी त जनताको दुःख देख्दा–देख्दै गैडाको छाला जस्तै भएका छौं । हामीलाई सम्वृद्धीको समाजवाद र सत्ताको स्वादले मात्रै औधी पोलेको छ । आजको २१औं शताब्दीको छोरीे बेच्ने गाउँको यो कालो कलंकको टिका मेटिने छैन । मेन्दोको आशु कथाले यही भनिहेको छ । न्याय खोजीरहेको छ ।

हाम्रो त नुवाकोट जिल्लामा
छोरी चेली बेच्ने दिल्ली हो
बदनाम् छ सारा दुनियामा
नुवाकोटे साह्रै सिल्ली भो, ल्हासो …………।

मैले दिएको हो उनलाई यो मेन्दो उपनाम । मेन्दो अतितलाई सम्झेर वर्तमानमा जिउने सप्तरंगी सपना फुलाउदै छिन् घ्याङफेंदीको पाखातिर । शिषिपु गाउको माटोमा उनको जिवनका आशाको मुना पलाउन थालेको छ । वर्तमानमा जिवनका संगीन सपना मात्रै होइन आफुले झेलेको दुःखको पहाड उजिल्यार लुटीएको आसु रगत र पसिनाको हिसाब किताब खोज्दै छिन् मेन्दो । उनको त्यो साहसलाई खुसी र उत्साहको शिखर चुमाइ दिएको थियो, नुवाकोट जिल्ला अदालतले । अदालतले सुनबहादुरलाई ३७ वर्ष जेल सजाय हुने फैसला गरेको थियो । जब सुनबहादुर पाटन उच्च अदालतको आदेशबाट रिहा भए, यो देशको न्यायलयको दैलो बिडम्बना बन्यो उनको जिवनमा सुनबहादुरलाई इज्जत साथ फुलमाला लगाएर स–सम्मान छोडिए नै पछि हो मेन्दोको जिवनमा एक प्रकारको आतंक साम्राज्य छाईरहेको । यो छोरी बेच्ने प्रथा सदाको लागि अन्त्य गर्न न्यायलयको दैलोमा बेचिएको शरीर प्रमाण लिएर उभिने साहस गर्दै खडा भए कि थिइन्, एक मेन्दा सयांै चेली भन्दा पृथक विद्रोही बनेर । तर विडम्बना एक सत्य तथ्यको प्रमाणलाई अदातले कानुनको साहरामा फिक्का बनाइ दिन्छ । अनि त्यही मेन्दोको न्यायका सपनामाथि बलात्कार गरी दिन्छ । उनीमाथि त्रासको साम्राज्य जन्माइ दिन्छ । तैपनि मेन्दो साहस बटुलेर न्यायको लागि लड्ने आँट गदै छिन् आजसम्म । त्यो भन्दा गहिरो कथा चाँही मेन्दोको आशुले हामीलाई बताएको थियो ।