सोमबार तुप्चेमा प्रचण्ड गर्जिने

विदुर, पूर्व प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माघ २७ गते सोमबार नेकपाका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको शालिक अनावरण गर्न तुप्चे आउने भएका छन् ।

विदुर नगरपालिका वडा नं.–७, तुप्चेको अक्करेबजारमा निर्माण भएको स्वर्गीय नेता बोगटीको अर्धकदको शालिक अनावरण गर्न पूर्व प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष अध्यक्ष प्रचण्ड आउन लाग्नुभएको हो । उहाँले सोही दिन चण्डेश्वरी मा.वि.को अभिभावक सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । पूर्व प्रधानमन्त्री प्रचण्डसँग उर्जा तथा सिंचाईमन्त्री वर्षमान पुन विशेष अतिथिको रूपमा आउनु हुने जानकारी चण्डेश्वरी मा.वि.का ब्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर बोगटीले दिनुभएको छ । स्वर्गीय नेता बोगटीले आफुले खाई पाई आएको जग्गा समेत विद्यालयलाई हस्तान्तरण गरेर स्थानीय समाजसेवी बुद्धिजीवी शिक्षाप्रेमीलाई साथमा लिएर विद्यालयको भौतिक पूर्वाधार निर्माण, निजी स्रोतमा विषयगत शिक्षकको ब्यवस्था, विद्यालयका विद्यार्थीको आकर्षण र विद्यालयको समग्र शैक्षिक र भौतिक उन्नयनमा अहम भुमिका खेल्नुभएको प्रधानाध्यापक हरिप्रसाद रिजालले बताउनु भयो । विद्यालयको पहलमा दृष्टिविहिन आवास भवन अक्करेको परिसरमा श्रदेय नेता बोगटीको अर्धकदको शालिक निर्माण गरिएको छ ।