नुवाकोट महोत्सव जारी

बट्टार, “छैठौँँ नुवाकोट महोत्सव” बट्टारमा जारी रहेको छ । नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा गत बिहीबारदेखि शुरु भएर यही माघ २६ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवको उद्घाटन नेपालका पहिलो राष्ट्रपति डा.रामवरण यादवले गर्नुभएको थियो । महोत्सवको अवलोकन बुधबारसम्म ७० हजार भन्दा बढी दर्शकले गरिसकेको नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिनुभयो । पहिलो दिन निःशुल्क प्रवेशको ब्यवस्था गरिएको थियो भने दोस्रो दिन शुक्रबार १७ सय, तेस्रो दिन शनिबार ७ हजार १ सय, चौथाें दिन आईतबार २ हजार ३ सय, पाँचौ दिन सोमबार ३ हजार ५ सय, छैटौं दिन मंगलवार ३ हजार र सातौं दिन बुधबार ३ हजार जना टिकट काटेर प्रवेश गरेको मेला प्रचार–पसार उपसमितिका संयोजक एंव नुवाकोट उद्योग वाणिज्य संघका सचिव उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । उहाँको अनुसार टिकटको बिक्री मात्र नभई, मेला अवधिभरका लागि अवलोकलन गर्न एकमुष्ट पास बनाएको, संघमा आबद्ध सदस्यलाई निःशुल्क प्रवेश पास उपलब्ध गराइएको बताउनु भयो ।

जारी महोत्सवको पूर्वराष्ट्रपति डा.रामवरण यादवले उद्घाटन गर्नुहुँदै महोत्सवमार्फत आर्थिक रुपमा सम्मुन्नत बनाउन तथा जिल्लामा रहेका कृषि उब्जनीको प्रचार, संस्कृति र धार्मिकस्थलको प्रर्बद्धन योगदान पु¥याउनको लागि केन्द्रित गराउन सुझाव दिनुभयो । उहाँले पछिल्लो समयमा सडक विस्तारको नाममा हिमाल तथा पहाडी क्षेत्रमा पानीको मुहान सुकाउदै जंगल क्षेत्रको फडानी भईरहेको र तराईको क्षेत्रलाई मरूभूमी नै बनाएर भईरहेको चुरे क्षेत्रको दोहन रोक्नको लागि सबै लाग्नुपर्ने अवस्थामा महोत्सवले प्राकृतिक श्रोतको संरक्षणमा पनि जागरुकता देखाउनु सक्नुपर्ने बताउनु भयो ।

“धार्मिक ऐतिहासिक कला सँस्कृतिको सम्बद्धन : दिगो आर्थिक विकासको लागि ब्यवसायिक प्रबद्धन” भन्ने मूल नाराको साथ सुरु भएको महोत्सवले नुवाकोटमा रहेका बाह्रैवटा स्थानीयतहको पहिचानलाइ बृद्धि गर्दै जिल्लालाइ आर्थिक रुपमा समृद्ध बनाउन केन्द्रित गराउन सक्नुपर्ने प्रतिनिधीसभा सदस्य नारायणप्रसाद खतिवडाले उद्घाटनको अवसरमा बताउनु भयो । यसअघि भएका महोत्सवलले पु¥याएको योगदान तथा कमजोरीलाई समीक्षा गर्दै छैटौं महोत्सवले जिल्लालाई समृद्धि बनाउन सक्नुुपर्ने उहाँले बताउनुभयो । महोत्सव मार्फत नुवाकोटमा उत्पादन भएका कृषि सामाग्रीको बजारीकरण, धार्मिक एंव साँस्कृतिक सम्पदाको प्रबद्र्धन, पर्यटकीय स्थानको प्रचारमा जोड दिन केन्द्रित गराउनको लागि सांसद खतिवडाले आयोजकलाई सुझाव दिनुभयो ।

माघ १६ गते बिहीबारदेखि शुरु भएर दश दिनसम्म चल्ने महोत्सवमार्फत नुवाकोटमा रहेका कृषि उब्जनीको प्रचार, साँस्कृतिक धरोहरको रुपमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेका सम्पदाको संरक्षण, नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउनको लागि पर्यटन प्रर्बद्धन, हस्तकलाबाट उत्पादित सामाग्रिको बजारीकरण, वातावरण संरक्षण सम्बन्धि जनचेतनामूलक प्रचारमा जोड तथा सचेतना जगाउने लक्ष्य राखिएको आयोजक उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँको अनुसार महोत्सव विशुद्ध आर्थिक प्रबद्धनको लागि आयोजना गरिएको भएपनि पाँच करोडको कारोबारमार्फत ७५ लाख रुपैयाँ आम्दानी हुने लक्ष्य बनाइएको छ । महोत्सवमा रहेका २ सय ५० स्टल जिल्लाका बाह्रवटै स्थानीयतहलाई तोकिएको सङ्ख्यामा निःशुल्क उपलब्ध गराईएको छ भने व्यवसायिक स्टलहरुमा पनि स्थानीय उत्पादनलाई प्रथामिकता दिएको आयोजक उद्योग वाणिज्य संघ नुवाकोटका प्रवक्ता सबिन राजभण्डारीले जानकारी दिनुभयो ।

महोत्सवमा सामाग्री खरिदको लागि भन्दा पनि सेवा प्रदायक सस्था तथा ब्यवसायीबाट जनचेतनामूलक कार्यक्रम तथा जानकारीमा दर्शकले रुची देखाएका छन् । स्टेजमा कलाकारको प्रस्तुती भईरहदाँ पनि दशर्कले स्टलमा राखिएको कृषि उब्जनी, हस्तकला, स्वास्थ्यसँग सम्बन्धित जानकारीमा चासो देखाएको थिए । महोत्सवमा दैनिक रुपमा स्थानीय तथा राष्ट्रियस्तरका चर्चित कलाकारको प्रस्तुती रहने भएकाले स्वस्थ्य मनोरञ्जन तथा नयाँ जानकारीको लागि महोत्सवमा मसहभागी हुनको लागि आयोजक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एंव पास ब्यवस्थापन उपसमितिका संयोजक मेघनाथ घिमिरेले आग्रह गर्नुभएको छ ।