महोत्सवमा पृथ्वीनारायण र कालुपाँडेको भेषधारी

बट्टार, कालो दौरा सुरुवाल, कम्मरमा पटुकीमाथि खुकुरी । हातमा तरबार र टाउकोमा श्रीपेच ।

पृथ्वीनारायण शाहको भेषभुषा पहिरिएर छैटौँ नुवाकोट महोत्सवको आकर्षणको केन्द्र बनेका गोरखाका ओमबहादुर श्रेष्ठ पृथ्वीनारायण शाहको एकताको अभियानलाई फैलाउँदै नुवाकोट आईपुगेका छन् । विगत ३ वर्षदेखि पृथ्वीनारायण शाहको भेषभुषामा सजिंदै उनी विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका छन् । छैटौँ नुवाकोट महोत्सव अवलोकन गर्न आउने नागरिक एकपटक उनीसँग फोटो खिचाएर मात्रै फर्किने गरेका छन् ।

देश र राष्ट्रको माया सबैले गर्नुपर्ने भन्दै पृथ्वीनारायण शाहको मार्ग सबैले अंगाल्न सके सबैको भलो हुने भएकाले शाहको अनुसरण गर्न थालेको बताए । पृथ्वीनारायण शाहको इतिहाँसबारे त्यति धेरै जानकार नरहे तापनि उनी शाहको एकिकरण अभियानले सिङ्गो नेपालको निर्माण भएकाले उनकै भेषभुषामा सजिदा गर्भ लागेको बताउँछन् । उनीसँगै तत्कालिन राजा पृथ्वीनारायण शाहका सेनापति कालुपाँडेको भेषमा पनि अर्का ब्यक्ति सँगसँगै रहेका छन् ।