रसुवाको क्यान्जिनमा प्रभु

धुन्चे, रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं.–४ क्यान्जिनमा पहिलो पटक बैंक स्थापना भएको छ ।

प्रभु बैंकले २ सय ६औं शाखाको रूपमा क्यान्जिनमा शाखा बिस्तार गरेको हो । गोसाइँकुण्ड गाउँपालिकाका केन्जिन गुम्बाका प्रमुख लामा साङ्गे लामाले शाखाको उद्घाटन गर्नुभएको थियो ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नं.–४ क्यान्जिनमा हालसम्म अन्य बैंक पुगेको थिएन । स्थानीयलाई बैंकिङ पहुँच पु¥याउने उद्देश्यले एटिएम काउन्टरसहित शाखा स्थापना गरिएको शाखा प्रबन्धक चेतनाथ न्यौपानेले बताए । उद्घाटनमा विभिन्न संघ–संस्थाका प्रतिनिधी, ब्यवसायी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।