ग्याँसको मूल्य बढ्यो, पेट्रोल र डिजेल घट्यो

विदुर, नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य एक सिलिण्डरमा २५ रुपैयाँ बढाएको छ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँ घटेको छ । मूल्य बृद्धिपछि अब खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर १ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ ।

काठमाडौंमा ग्याँसको मूल्य एक सिलिण्डरको १ हजार ३ सय ७५ रुपैयाँ पुगेको छ भने पेट्रोल १ सय १० र डिजेल र मट्टीतेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ । मंगलबारदेखि नै लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको निगमका प्रबक्ता विरेन्द्र गोइतले जानकारी दिनुभएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य एक लिटरको १ सय १० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम भएको छ । हवाई इन्धनको मूल्य भने याथावत नै राखिएको छ । नेपाल आयल निगमले जारी गरेको विज्ञप्तिमा अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको नयाँ अन्तराष्ट्रिय बजार मूल्य घटेको र ग्याँसको बजारमूल्य बढेको हुनाले खाना पकाउने ग्याँसको मूल्य बढाएर तेलको मूल्य घटाईएको उल्लेख छ ।