सैन्य आधार तालिम सम्पन्न

बट्टार, श्री नं.१ तालिम गण मैथली क्याम्प त्रिशूली ब्यारेकमा सञ्चालित सैन्य आधार तालिमको अन्तिम दलेल कवाज आईतबार सम्पन्न भएको छ ।

बैंशाख १५ गतेबाट सञ्चालित सि.सं.७२ सैन्य आधार तालिममा सम्मिलित ३ सय ६१ जना सैन्यको अन्तिम दलेल कवाजको सलामी ग्रहण तथा निरीक्षण बलाध्यक्ष रथी गौरव तण्डुलले माघ २६ गते आईतबार गर्नुभएको थियो ।
उक्त अवसरमा बलाध्यक्ष तण्डुलले सम्बोधनको क्रममा करिब १० महिना अवधिको तालिम सफलतापूर्वक सम्पन्न गर्नुहुने सम्पूर्ण नवनियूक्त तालिमे सिपाहीलाई बधाई दिंदै तालिममा सर्वप्रथम हुने व्य.नं.२९४०२३ ता.सि.चन्द्रा चौधरीलाई खुकुरी तथा प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

सो कार्यक्रममा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, जिल्ला समन्वय समिति नुवाकोटकी उप–प्रमुख अप्सरा थापा, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, नं.६ बाहिनी अड्डा धादिङ बैरेनीका बाहिनीपति, जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखलगायत नुवाकोट जिल्ला स्थित सरकारी कार्यालय तथा गैह्रसरकारी संस्थाका कार्यालय प्रमुखहरु, स्थानीय बुद्धिजिवी, पत्रकार, उद्योगी ब्यवसायी र तालिमे सिपाहीका आफन्तजनको उपस्थिती रहेको थियो ।