फागुन ३ मा धुन्चेमा ल्होसार

  • सरस्वती न्यौपाने

धुन्चे, ‘‘हाम्रो कला संस्कृति भाषा धर्मको प्रर्वद्धन र जर्गेना गरौं रसुवाली कलाकार एक जुट हो’’ भन्ने नारा सहित फागुन ३ गते गोसाइँकुण्ड गाउँपालिका वडा नं.–६ धुन्चेमा ल्होसार विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

कलाकार समाज रसुवा र राष्ट्रिय सङ्गीतकर्मी संघ रसुवाको आयोजनामा हुन लागेको ल्होसार विशेष कार्यक्रम तामाङ साँस्कृतिक र लाङटाङ गोसाइँकुण्डलाई पर्यटन वर्षमा लाखौंको सङ्ख्यामा बृद्धि गराउन र तामाङको कला, संस्कृति र धर्मको प्रचार–पसार गराउने उद्देश्यले गरिएको कार्यक्रम संयोजक दावाफिन्जो तामाङले जानकारी दिनुभयो ।

प्रतिनिधीसभा सदस्य मोहन आर्चायको प्रमुख आतिथ्यतामा हुने ल्होसार कार्यक्रममा प्रदेशसभा सदस्यद्धय प्रभात लामा र प्रेम तामाङ विशेष आतिथ्यतामा हुने सोनाम ल्होसार कार्यक्रम घरमा मात्रै सिमित नराखी विश्वव्यापी प्रचार–पसार गर्न लागिएको संयोजक तामाङले बताउनु भयो ।

बृहत कार्यक्रम भने जिल्लामै पहिलो चोटी गर्न लागिएको हो । यस कार्यक्रमले आगामी दिनलाई पनि प्रेरणा मिल्नेछ । तामाङ कला, संस्कृति, भेषभुषा, इतिहासलाई झल्काई भावी पुस्ताले समेत जान्न र बुझ्न पाउन भनेर नै यस्तो कार्यक्रम गरिएको आयोजक टिमले जानकारी दिएको छ ।