सहकारी शिक्षा तालिम

बट्टार, साथी उपभोक्ता सहकारी संस्था लि. बट्टारले सञ्चालक समितिका पदाधिकारी र शेयर सदस्यलाई एकदिने सहकारी शिक्षा तालिम शनिबार प्रदान गरेको छ ।

सहकारीको वार्षिक कार्यक्रम अनुसार वनभोज सहितको तालिम सञ्चालन गरिएको सहकारीका अध्यक्ष राजनमान श्रेष्ठले बताए । जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बैकुण्ठ मिश्र, जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठ, विदुर नगर सहकारी सञ्जालका अध्यक्ष नविन्द्रमान प्रधानलगायतले पशिक्षण दिनुभएको थियो । तालिममा विदुर नगरपालिका वडा नं.–४ अध्यक्ष टलकमान श्रेष्ठ, वडा नं.–२ का अध्यक्ष विरेन्द्रकुमार शाही र साथी सहकारीका निवर्तमान अध्यक्ष राजनलाल श्रेष्ठको समेत सहभागिता रहेको थियो । तालिमले सहकारीका परिवर्तित ऐन नियमको बारेमा जानकारी भएको समेत अध्यक्ष राजनमान श्रेष्ठले बताउनु भयो ।