तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • १ फाल्गुन २०७६, बिहीबार १३:३०
Buddha Eyes

देश पनि हेरिने, मुख पनि फेरिने प्रस्ताव आएपछि खुट्टा नउचाल्ने को होला र ? सधैं जनताको हप्की र दप्की खानु भन्दा विदेश जानु नै निको, होइन र समन्वय प्रमुखज्यू ? जिल्लामा रहँदा पनि रिवन काट्न र आसनग्रहणमै रमाउनेहरू के खोज्छस् कानो भन्या जस्तै भयो । नुवाकोटमा भूकम्प पुनःनिर्माणमा सहयोग गर्न अनेक बाहाना बनाएर जिल्लाको पुनःनिर्माण सकिसकेपछि भारत सरकारको सहयोगमा प्रोगाम गर्दै आएको युनोप्स्ले आखिर जनप्रतिनिधीलाई आश्वासनको चास्नीमा डुवाएर छोड्यो । जिल्लाका १० वटा पालिकाका प्रमुख÷उप–प्रमुख, वडाध्यक्षलाई जिम्मेवारी सुम्पेर एक हप्ताको लागि भारत दिल्ली भ्रमणमा निस्केपछि जनताको दैनिक काम अलपत्र ! भारत सरकारको योजना चाहिँदैन भनेर चर्को विरोध गर्ने पालिका प्रमुख उप–प्रमुख कामको तनावबाट मुक्त हुन पाउने भएपछि विरोधलाई थाँती राख्दै भ्रमण गर्न ताँती नै लागे । अहिले जिल्लामा ३ वटा पालिका प्रमुख, २ वटा पालिका उप–प्रमुख, एक थान समन्वय उप–प्रमुख भाग्यलाई धिकार्दै छन् । तारकेश्वरका प्रमुख वस्तीजी भने भारतीय सहयोग प्रोग्राम लागू नगर्ने र विरोध जारी राख्ने भन्दै भ्रमण वहिष्कार गरेपछि जिल्ला समन्वय प्रमुख सन्तमानज्यूको लागि भ्रमणको ढोका खुल्यो । भ्रमणमा जान नपाएपछि समन्वय उप–प्रमुख अप्सरा म्याडम भने युनोप्स्को प्रोग्राम महिलामैत्री भएन पक्षपात ग¥यो भनेर नेपाली काँग्रेसको केन्द्रीय कार्यलयमा उजुरी गर्न कानुनी परामर्शमा ब्यस्त । समन्वय प्रमुख सर भने नेपालमा काँग्रेसले शर्मनाक हारको कारण दिल्लीको विधान सभामा आम आदमी पार्टीले लगातार तेस्रो पटक बहुमत जित्नुको कुरो पत्ता लगाउन आदमी पाटीको अरबिन्द केजरीवालसँग भेटघाटको तारतम्य मिलाउँदै ब्यस्त ।