विद्यार्थीलाई लागु औषधीको जानकारी

धुन्चे, कालिका गाउँपालिका वडा नं.–५ को निलकण्ठ माध्यमिक विद्यालयका १ सय ५० जना विद्यार्थीलाई ईलाका प्रहरी कार्यालय कालिकास्थानले घरेलु मदिरा तथा लागु औषधी नियन्त्रण सम्बन्धि जानकारी गराएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाको मातहतमा रहेको ईलाका प्रहरी कार्यालय कालिकास्थानको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत उक्त विद्यालयमा अध्ययनरत ८, ९, १०, ११ र १२ कक्षामा अध्ययनरत १ सय ५० जना विद्यार्थीलाई घरेलु मदिरा लागु औषध सेवनबाट हुने असरको बारेमा जानकारी गराईएको थियो ।

प्रहरी सहायक निरीक्षक लक्ष्मण थापाले प्रशिक्षण दिंदै आजका भाई, बहिनी भोलीका देश निर्माण गर्ने क्षमता राख्ने भएकोले आजको दिनदेखि नै सबैले आ–आफ्नो घर, टोल, छिमेकमा घट्ने कुनैपनि घटनाको जानकारी गराउँदै घटनाले सामाजिक क्षेत्रमा पार्ने असरको बारेमा छलफल गर्नुपर्ने बताउनु भयो । उहाँले घरेलु मदिरा लगायत लागु औषधी बारेमा जानकारी गराउन सके लागु औषधीको दुव्र्यसनमा विद्यार्थी नलाग्ने बताउनु भयो ।