वाग्मती प्रदेशको भौतिक पुर्वाधारमन्त्रीमा फुँयाल

हेटौंडा, वाग्मती प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रीमा सांसद रामेश्वर फुँयाल नियुक्ति भएका छन् । मुख्यमन्त्री डोरमणी पौडेलले फुँयाललाई मन्त्री पदको सपथग्रहण बुधबारै गराउने तयारी गरिरहेका छन् ।

काठमाडौं क्षेत्र नं.–३ को प्रदेशसभा २ बाट निर्वाचित फुयाँल बुधबार मन्त्री पदको सपथग्रहण गर्दैछ । केशव स्थापितलाई राजधानीको विषयमा अनावश्यक चलखेल गरेको भन्दै मुख्य मन्त्रीले गत वर्ष बर्खास्त गरेका थिए । स्थापित बर्खास्ती भएको झण्डै १ वर्षपछि रामेश्वर फुयाँल भौतिक पुर्वाधार मन्त्रीमा नियुक्त भएका छन् ।

२०२० सालमा जन्मिएका फुँयाल ब्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । ३५ वर्ष अघि अखिलबाट राजनिती शुरु गरेका फुँयाल तत्कालिन नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको सचिव हुँदै एमाले केन्द्रिय सदस्य भएका थिए । २०४९ र २०५४ मा भएको स्थानीय निर्वाचनमा गाविस अध्यक्षमा निर्वाचित भएका फुँयाल २०५४ देखी २०५९ सम्म जिल्ला विकास समिति काठमाडौंका उपसभापति बनेका थिए । झलनाथ खनाल पहिलो पल्ट प्रधानमन्त्री हुँदा सांसद् फुँयाल सचिवालयमा रहेर काम गरिरहेका थिए ।