केरुङबाट ४ सय ७१ नेपाली फर्किए

धुन्चे, ब्यापार, ब्यवसाय तथा रोजगारीका लागि चीनको केरुङमा रहेका ४ सय ७१ नेपाली कोरोना भाइरसको कारण नेपाल फर्किएका छन् ।

अन्तराष्ट्रिय नाकाले परिचित रसुवागढी नाकामा माघ १० गतेबाट हेल्थ डेस्क स्थापना गरी केरुङबाट नेपाल प्रवेश गर्ने स्वदेशी तथा विदेशी पर्यटकको कोरोना भाइरसको चेकजाँच शुरु भएपछि ४ सय ७१ जना नेपाली नेपाल फर्किएका हुन् भने केरुङमा अझै ६६ जना नेपाली रहेका छन् ।

रसुवागढी नाकाको हेल्थ डेस्कमा स्क्रिनिङ, स्याम्पल कलेक्सनफर सस्पेक्टेड, ट्राभल हिस्टोरी, केस रिपोर्टिङ फम्र्याट ब्यक्तिगत सुरक्षा यन्त्र, टेम्पल थर्मोमिटर र आईसोलेसनरुमा जिल्ला अस्पतालमा ब्यवस्था समेत गरिएको छ । चिनियाँ पक्षले १५ दिनका लागि रोक लगाएपछि कन्टेनर डिब्बा चल्न छोडेपछि टिमुरे बजार सुनसान नै रहेको छ र पर्यटकको पनि आवत–जावत नभएको शसस्त्र प्रहरी बल भन्सार तथा राजश्व सुरक्षा गुल्मले जानकारी दिएको छ ।