सभाहल एक वर्षभित्र बन्ने भोे

  • त्रिशूली प्रवाह
  • १८ फाल्गुन २०७६, आईतवार १२:२०

धुन्चे, २८५६औँ सोनाम ल्होसारको अवसरमा प्रतिनिधीसभा सदस्य मोहन आचार्यले धुन्चेमा रहेको भूकम्पले भत्काएको सभाहल संसद विकास कोषको पैसाले एक वर्षभित्र बनाउने प्रतिर्वद्धता ब्यक्त गर्नुभएको छ ।

सो अवसरमा जिल्लाको मौलिक कला, संस्कृति, परम्परा र रितिरिवाजको संरक्षण तथा प्रवद्र्धन गर्न र पर्यटन वर्ष २०२० लाई सफल पार्न गरिएको ल्होसार विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा धुन्चे आउनुभएको सांसद मोहन आचार्यले सभाहल बनाउने प्रतिवद्धता जनाउनुभएको हो । पर्यटन वर्ष २०२० सँगै हाम्रो गहनाको रुपमा लिनुपर्ने सभाहल २०७२ को भूकम्पले तहसनहस बनाएपछि निर्माणको लागि पहल गरिरहेको उहाँले बताउनु भयो । सभाहललाई मर्मत सम्भार गर्न कोही भएन आफू धुन्चे आईरहँदा यस जिर्ण भवन देख्दा मन नै खल्लो भईरहेको महशुस भएर संसद विकास कोषको बजेटबाटै निर्माण गर्न प्रक्रिया अगाडी बढाएको जानकारी दिनुभयो ।

रसुवा तामाङ समुदायको बाहुल्यता रहे तापनि हाम्रो रसुवा राम्रो रसुवा सबैको साझा फुलबारी भएकाले हामी सबै समृद्ध रसुवा बनाउने अभियानमा सबैको साथ र सहयोगको अपेक्षा सांसद आचार्यले गर्नुभएको छ ।