रसुवागढी नाकाको राजश्व शून्य

  • त्रिशूली प्रवाह
  • १८ फाल्गुन २०७६, आईतवार १२:२३

धुन्चे, अन्तराष्ट्रिय नाकाको रूपमा स्थापित रसुवागढी नाकाबाट सवारी साधन आवत–जावत बन्द भएपछि भन्सारको राजश्व शुन्य भएको छ ।

रसुवागढी नाकाबाट गत माघ १५ गतेभित्र सामान बोकी नेपाल भित्र्एिका सबै मालबाहक ट्रक तथा कन्टेनरको परिक्षण तथा भन्सार शुल्क असुल गर्ने काम माघभित्रै भएपछि फागुन एक गतेबाट केरुङबाट सामान आयात बन्द भएपछि भन्सार राजश्व असुली शुन्यता छाएको हो । भन्सार हाता पुरै खाली रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताउँनु भयो ।

दैनिक साढे दुई सय गाडी गुड्ने त्रिशूली–धुन्चे–रसुवागढी क्षेत्रमा पछिल्लो समय गाडीको चाप खासै छैन । फाटफुट रुपमा स्थानीय ब्यापारीको आवत–जावत भएको छ । पछिल्लो समय कोरोना भाईरसका कारण पनि रसुवागढी नाकामा मानिसलगायत सवारी साधन बन्द नै रहेको प्रमुख भन्सार अधिकृत खड्काले बताउनु भयो । रसुवा जिल्लामा हालसम्म कोरोना भाईरसको लक्षण देखिएको छैन ।