भैरवी माविको वार्षिकोत्सव सम्पन्न

  • त्रिशूली प्रवाह
  • २२ फाल्गुन २०७६, बिहीबार १५:३०

विदुर, भैरवी मावि विदुर नगरपालिका वडा नं.–२ नुवाकोटको ६३औं वार्षिकोत्सव तथा अभिभावक दिवस फागुन १२ गते सम्पन्न भएको छ ।

प्रमुख अतिथि वागमती प्रदेशका सांसद केशवराज पाण्डेले उद्घाटन गर्नुहुँदै स्थानीय निकायका कर्मचारी तथा जनप्रतिनिधीलाई सामुदायिक विद्यालयको स्तर खस्केकोमा के कति काम भयो भनेर सोध्नुभयो । बसाईँ सराईको कारणले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटेकोले संख्या बढाउने भन्दा पनि गुणस्तर बनाउन लाग्नुपर्ने उहाँले बताउनु भयो ।

सो कार्यक्रमका विशिष्ट अतिथि विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित शिक्षा क्षेत्रमा गरेका कार्यहरू र विकास निर्माणमा नगरपालिकाले गरिरहेको कामको जानकारी गराउनु भएको थियो । सो कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख अप्सरा थापा, विदुर नगरपालिकाका उपमेयर गीताकुमारी दाहाल अर्याल, शिक्षा विकास तथा समन्वय ईकाइ नुवाकोटका प्रमुख अर्जुनबहादुर श्रेष्ठ, विदुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख दिवाकर चापागाईलगायतले विद्यालयको शैक्षिक गुणस्तरको बारेमा बोल्नुभएको थियो । सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामरिझन यादवले आर्थिक, भौतिक र शैक्षिक अवस्थाको जानकारी गराउनु भएको थियो ।